Monday, January 25

विद्यार्थी भर्ना र परीक्षा संचालन गरिने भदौ १ बाट

July 21, 2020 224

कोरोना महामारीका कारण अनिश्चित बनेको विद्यार्थी भर्ना र परीक्षा सूचारु हुने भएको छ। सोमबारको मन्त्रिपरिषद बैठकले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चाललन गर्न दिने निर्णय गरेको हो। सुरक्षाका मापदण्ड अबलम्बन गर्दै शैक्षिक कार्यक्रम संचालन गर्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए।

यस्तै भदौ १ देखि छोटो, मध्यम र लामो दूरीका सवारी साधन पनि संचालन हुने छन्। हवाई उडान पनि भदौ १ बाट सूचारु गर्ने सरकारले निर्णय गरेको छ।

शैक्षिक संस्था, सबै प्रकारका सभा गोष्ठि, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, सैलुन, ब्युटिपार्लर, स्विमिङपुल, जिमखाना, चिडियाखाना लगायतका ठाउँ भने अर्को सूचनाबाट तोकिएको मितिमा खुल्ला गर्ने खतिवडाले बताए।

Source Nagariknews

प्रतिकृया दिनुहोस्