सोमबार २७ बैशाख २०७८

बर्दिया : बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ। जिल्लाको मधुवन नगरपालिका वार्ड नम्बर ३ भग्ग्रैयास्थित खाता सामुदायिक वनक्षेत्रमा घाँस काट्न गएकी २७ वर्षीया रिना सुनारको बाघको आक्रमणमा परी मृत्यु भएको हो।

घाँस काटिरहेको अवस्थामा सुनारलाई बाघले तानेर लगेको डिभिजनल वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लेले बताए।  बाघले महिलाको घाँटी र छातीको मासु खाएको अवस्थामा शव भेटिएको उनले बताए।
janataaawaj
५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया