Friday, October 23

साउन १५ बाट होटल-रेष्टुरेन्ट खुल्ने

July 21, 2020 151

सरकारले साउन १५ देखि होटल तथा रेष्टुरेन्ट खोल्न दिने भएको छ। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सामूहिक भोज गर्न भने नपाइने बताए।

भदौ १ देखि सुरक्षाका उपायसहित सवारीसाधन सुचारु गर्न पाइने छ। जिल्ला भित्र मात्र नभएर अन्त्रजिल्ला पनि सवारी सूचारु गर्न पाइने भएको हो। भदौ १ गतेबाट नै सरकारले हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ। उडानको प्रोटोकल पर्यटन मन्त्रालयले बनाउने छ।

ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी व्यवसाय पनि साउन १५ बाट खोल्न सकिने छ।

source Nagariknews

प्रतिकृया दिनुहोस्