Thursday, January 21

घि’नलाग्दो खेल खेल्ने पुष्पाको झुट धेरै दिन टिक्न सकेन: भाबुक हुदै मागिन् माफि ! सहयोग फिर्ता माग्नेको घुइंचो (भिडियो सहित)

August 4, 2020 691

गत साउन १२ गते सोमबारको दिन काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिएको समाचार सनसनी बनेर फैलियो । कपन चौरमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मा लिएपछि उनलाई ब्यक्तिगत र सामाजिक संस्थाहरुबाट उनलाई आर्थिक सहयोगको ओइरो नै लाग्यो । तर यसभित्रको कहानी अलग्गै रहेको तथ्य खुलेको छ ।

शिशु बैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत स्वदेश फर्केकी कुनै महिलाले जन्माएको खुलेको छ । परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगी मार्फत नाटक मञ्चन गरी ति शिशुलाई कार्टुनमा राखेको खुलासा भएको छ ।

केयर बालगृहमा पुग्दा संस्थापक पुष्पा अधिकारीले ती शिशुको बारेमा प्रतिक्रिया नदिएपनि शिशु फाल्ने र आफूले लिनेबारेमा भने नाटक गरेको स्वीकारेकी छिन् । जन्मदैकी शिशुलाई आमाकै मिलोमतोमा नाटक मञ्चन गरेर सहयोग उठाउने र पैसा संकलन गर्ने मात्रै नियत देखिएको छ भन्ने प्रश्नको जवाफमा एउटी आमाको लागि उनी त्यसो गर्न बाध्य भएको बताएकी छिन् ।

चार बर्षअघि खोलेको संस्थाका संस्थापक पुष्पा र बैदेशिक रोजगारीमा गएकी महिलाले किन यस्तो गरेकी हुन् त भन्ने हाम्रो प्रश्नमा पुष्पाले यसमा आफ्नो गल्ति नभएको बताएकी छिन् । एउटी अबोध बालिकाको प्रयोग गरेर पैसा कमाउने दाउमा पुष्पा अधिकारीले सहयोगी सबैलाई झुक्काएकी छिन् । अहिले उनिलाई दिएको सहयोग फिर्ता लिन भनि सहयोगी उनको घर पुगेका छन् ।

अनाथलाई आश्रय दिएर एउटा पबित्र स्थलको रुपमा पुजिएको बालगृहमा यस्तो घि’नलाग्दो खेल खेल्ने पुष्पाको झुट धेरै दिन टिक्न सकेन । सबैको आँखामा छारो हालेर आखिर किन गरिन् त यस्तो खेलको रचना ? बिस्तृतमा भिडियोमा हेर्नुहोला :

source:rangin tv nepal

प्रतिकृया दिनुहोस्