आइतबार १७ साउन २०७८

काठमाण्डौको सडकमा अचानक आयो चिम्पान्जिको हुल, हेर्नुस् के, कसरी र कता बाट आए।

काठमाडौ । नेकपा एमालेको सरकार ढलेपछि युवा संघ आन्दोलनमा छ । सर्वोच्च अदालतको फैसला र आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको विरुद्ध आन्दोलनमा रहेको युवासंघले मंगलवार बाँदरको भेषमा आन्दोलन गरेका छन् । मंगलवार उनीहरु बाँदरको भेष बनाएर प्रदर्शनमा उत्रिएका छन् ।

आफ्नै पार्टीका २२ सांसदले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिएपछि देउवा अब पुर्णकालका लागि प्रधानमन्त्री बनेका छन् । पार्टी भित्रकै विवादका कारण झण्डै दुई तिहाइको एमाले सरकार बिचैमा ढलेको छ । आफ्नै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल समुह विरुद्ध युवासंघ आन्दोलनमा उत्रिएको हो ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् ।उनीहरुले बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए । पार्टी निर्देशन विरुद्ध देउवालाई विश्वासको मत दिएका नेता र सांसद विरुद्ध उनीहरुले प्रदर्शन गरेका हुन् । राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला विशेष प्रदेश कमिटीको बिस्तारित भेलालाई सम्बोधन गर्दै नेता महेश बस्नेतले नेपाललाई एमाले पार्टी छोडेर जान चेतावनी दिएका थिए । युवासंघका नेता समेत रहेका उनले एमाले छोडेर गए सम्मानजनक विदाई गर्ने बताएका थिए ।

तपाईँ एमालेमा बस्न चाहनुहुन्न भने कृपया एमाले छोडनुस्। हामी पुत्ला जलाउँदैनौं। सम्मानजनक बिदाइ गर्छौ। तर, एमालेमा बसेर ब र्वा द गर्नेहरुलाई युवासंघले तह लगाउनै पर्छ,उनले चेतावनी दिँदै भने।

khabarplant

१३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया