बुधबार ०९ आषाढ २०७८

सर्वोच्च अदालतको आइतबारको फैसलासँगै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई गम्भीर संकट उत्पन्न भएकाे छ ।अदालतले नेकपा नै अस्तित्वमा नरहने फैसला गरेपछि सत्तारुढ दल नेकपा पूर्ववत अवस्थामा पुगेको छ।

यसले तत्कालिन एमाले र माओवादी केन्द्रलाई २०७५ जेठ ३ गतेको पूर्ववत अवस्थामा फर्काएकाे मात्र छैन कि एकिकरण समेत टुटाएकाे छ ।दुई वर्षअघि माओवादी केन्द्र र नेकपा एमाले एकीकरण हुँदै नेकपा बनेका थिए।

सरकार गठन हुँदा समर्थन गरेकाे माओवादी केन्द्रले समर्थन लिने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार धर्मराएको छ ।ओलीसँग असन्तुष्ट बनेर माओवादीका नेता प्रचण्डसँग पछि लागेका नेताहरूलाइ सबैभन्दा अप्ठयाराे परेकाे छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल पक्षधरका नेताहरूलाइ पुरानै ओली नेतृत्वकाे पार्टीमा फर्कन अप्ठयाराे देखिएकाे हाे ।तत्कालिन एमालेमा ओली पक्षकाे बहुमत रहेकाे छ ।

ओलीले सरकार र पार्टीमा फर्केर सहज वातावरणमा काम गरे दुबै नेता र उनीहरूकाे लहैलहैमा लागेका सबैलाइ स्वागत गर्ने बताएका छन्। तर,पार्टी विरोधी गतिविधि जारी राखे कारवाही गर्ने ओलीले चेतावनी दिएका छन् । सर्वाेच्चले प्रतिनिधिसभा पुनःस्थापना गर्दा लड्डु खाएर उफ्रेका नेताहरूलाइ नेकपाकाे आधिकारिकताकाे फैसलाले भूँइमा सुताएकाे छ । सर्वाेच्चकाे एउटा फैसलाले ओली र प्रचण्ड नेतृत्वकाे पार्टीलाइ छुट्याइदिएकाे छ ।

नेकपा आधिकारिकताकाे दावी गर्दै सडक आन्दाेलन गर्दै हिड्का र सरकारमा बसेर शक्तिकाे दूरूपयाेग गरेका दुबै अहिले रनभुल्लमा परेका छन् । कानूनका नाै सय सिंड हुन्छ भन्छन् । त्यसले नेताहरूलाइ कहाँकहाँ घाेच्ने हाे त्याे त हेर्न बाँकी नै छ ।

onlinepana

१९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया