आइतबार १७ साउन २०७८

सर्वोच्चको आदेशपछि कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौपटक प्रधानमन्त्री बनेका छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ६३ सिट मात्र भए पनि सर्वोच्चको फैसलापछि देउवाले प्रधानमन्त्रीमा शपथ लिएका हुन् ।

उनलाई प्रधानमन्त्रीमा नियुक्तिको परमादेशको माग गर्दै सत्तारुढ एमालेसहितका बहुमत सांसद सर्वोच्चमा उपस्थित भएर रिट दायर गरेका थिए ।

विपक्षी गठबन्धनमा रहेका पाँच दलमध्ये माधवकुमार नेपालले पार्टी एकताको पक्षमा लाग्ने बताएका छन् भने बाँकी दलका तर्फबाट सात सदस्यीय मन्त्रिपरिषद् प्रस्ताव देउवाले गरेका छन् ।

आफ्नो पार्टीमा पौडेल समूहसहितको प्रतिनिधित्व गराएर दुई मन्त्री बनाउन लागेका देउवाले माओवादीलाई पनि दुई मन्त्री दिन आग्रह गरेका छन् ।

यस्तै जनता समाजवादी पार्टीलाई कम्तिमा एकजना दिएर सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

सुरुदेखि नै ५ दलीय गठबन्धनमा आवद्ध भएको राष्ट्रिय जनमोर्चालाई पनि सरकारमा सहभागी गराउने देउवाको तयारी छ ।

सरकारमा सहभागी हुने र नाम दिने विषयमा भने सम्बन्धित दलहरुले बैठकबाट निर्णय गर्न बाँकी नै छ ।

जसपाका तीन नेता उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राईको बैठक अहिले केहिबेरमा बस्दैछ ।

शीर्ष नेताको बैठकपछि उपलब्ध कार्यकारिणी समितिको बैठक बस्ने नेता इस्तियाक राईले जानकारी दिए ।

माओवादीबाट कृष्णबहादुर महरा पनि मन्त्री

सर्वोच्च अदालतले सोमवार नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएसँगै देउवा पाँचौ पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको हो।

प्रधानमन्त्रीमा नियक्त भएसँगै देउवाले माओवादी केन्द्र, जनता समाजवादी पार्टी सम्मिलित सानो मन्त्रिमण्डल बनाउने तयारीसमेत गरेका छन्।

माधव नेपाल समूहको एमाले भने मन्त्रिमण्डल गठनमा सहभागी नहुने भएको छ।

यता, प्रधानमन्त्रीमा देउवाको नियुक्तीको पक्का भएसँगै ओलीलाई सत्ताच्युत गर्न सफल विपक्षी गठबन्धनले मन्त्रीहरुको नामबारे पनि छलफल थालेको छ ।

नेपाली कांग्रेसबाट पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्की, मीनेन्द्र रिजालदेखि गगन थापासम्मको नाम मन्त्री बन्नेको चर्चामा ल्याइएको छ।

यद्यपि मन्त्रीहरुको नाम सभापति देउवाले फाइनल गर्नेछन्।

माओवादी केन्द्रका नेताहरुका अनुसार माओवादीका तर्फबाट मन्त्री छान्ने जिम्मा पार्टीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।

माओवादी केन्द्रका नेता देव गुरुङले शीर्ष नेताले मन्त्रीबारे टुंगो लगाउने बताए।

माओवादीबाट नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महराको नाम चर्चामा छ। तर जनार्दन शर्मा भने अर्थमन्त्री बनिसकेका छन्।

mediatodaynews

२७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया