Saturday, November 28

महाकाली, भद्रकाली, सिद्धकाली, स्वेतकाली र रक्तकाली यि पाँच वटा रुप भएकि पाथीभरा देवीको दर्शन गरी आर्शिवाद लिनुहोस ।

August 4, 2020 215

नेपालका प्रमुख शक्तिपीठहरु मध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तिर्थ यात्री लाई आकर्षण गरिरहेको छ । अलौकिक शक्तिको खानीका रुपमालिईने पाथीभरा मा पछिल्लो एक वर्षमामात्रै झण्डै तीन लाख बढि स्वदेशी तथा विदेशी तिर्थयात्री आएको पाथीभराक्षेत्र विकास समितिले जनाएको छ ।धार्मिक एवम ऐतिहासिक रुपमा महत्वपुर्ण पाथीभराको दर्शन गरे मनोकांक्षा पुरा हुने जनविस्वास रहि आएकाले पाथीभरामा आउने तिर्थयात्रीको संख्या वर्षेनी बढ्दो छ ।

पाथीभरा बहुधार्मिक आस्थाको केन्द्रका रुपमा रहेको पाईन्छ । यहाँ हिन्दु, वौद्ध र किरात धर्म मान्नेहरु धार्मिक हिसाबले पुग्ने गरेकाछन् । वर्षभर नै तिर्थयात्री को घुँइचो लाग्ने मन्दिरमा कुनै पनि जातजाती, धर्म र सम्प्रदायका मानिसलाई रोकावट छैन । त्यसैले पनि बहुधार्मिक आस्थाको केन्द्रका रुपमा पाथीभरा लाई लिने गरिएको हो ।भारतका विभिन्न क्षेत्रबाट उल्लेख्यरुपमा तिर्थयात्री आउने मन्दिरमा अन्य मुलुकका समेत पर्यटकहरु फाट्टुफुट्ट पुग्नेगरेको पाईन्छ । भारतका सिक्किम, दार्जेलिङ, पश्चिम बंगाल, बिहार, आसाम साथै भुटानबाट आउने तिर्थयात्रीको संख्या पनि वर्षेनी बढ्दो क्रममा रहेको छ ।

प्रचार–प्रसार संगै यातायात लगाएतका पुर्वाधार को विकास हँुदै गएकाले पनि तिर्थयात्रीको संख्या बढेको हो । पछिल्लो समय पाथीभरा आउन जानका लागि यातायात सहज बन्दै गएको छ । सडक र हवाई दुवै सेवा मार्फत ताप्लेजुङ ओहोर दोहोर गर्न सकिन्छ । प्राकृतिक रुपमा नै प्रकट भई प्राकृतिक छटाले भरिपुर्ण साक्षात् देवीको महिमा र गरिमा झन झन बढ्दै गएको छ । पाथीभरा खास देवीको उत्पत्ति स्थलको नाम हो । देवी अवस्थित उक्त भुगोल पाथी भर्दा चुलिए झैँ देखिने भएकाले पाथीभरा भनिएको स्थानीय बताउँछन् । पाथीभरा फुङलिङ नगरपालिका, सिरिजंघा र फक्ताङलुङ गाउँपालिकाको संगम स्थलमा रहेको छ । जता बाट हेरे पनि पाथी भरिएर चुलिए झै चुलिएको देखिने भएकाले यहाँको नाम पाथीभरा रहन गएको स्थानीयको तर्क छ । किंमदन्ति अनुसार पाथीभरामा अवस्थित देवीको नाम “पञ्चकन्या कालीका” हो । भोग बलि दिईने भएकाले रक्तकाली पनि भन्ने गरिन्छ ।

पाथीभरा देवीको उत्पत्ति :- देवीको उत्पत्ति बारे एउटा किंम्वदन्ति छ । किंम्वदन्ति अनुसार परापुर्वकालमा एउटा भेडि गोठ थियो । भेडाको संख्या हज्जारौ भएकाले गोठालाहरु पनि थुप्रै थिए । भेडिगोठलाई विभिन्न खर्क (चरन क्षेत्र) मा सार्दै लैजाने क्रममा गोठाला हरुले मन्दिर रहेको क्षेत्रमा पु¥याए । जुन बेला त्यहाँ देवी अवस्थित रहेको भन्ने गोठालाहरुलाई थाहा थिएन । पाथीभराको सिरमा भेडी गोठ लिएर पुगेका गोठाला हरु गोठ बनाएर बास बसे । भोली पल्ट विहान उठेर हेर्दा गोठालाले एउटा पनि भेडा देखेनन् । साँझ जम्मा भएका भेडा एकाएक हराएको पाए पछि गोठालाहरु अचम्ममा परे ।

उनिहरुले दिनभर भेडा खोजि गरे । तर कुनै अत्तोपत्तो पाएनन् । दिनभर जंगल घुमेर खोजी गर्दा नभेटे पछि साँझ निरास हुँदै बासस्थान तर्फ फर्किएर सुते । राती सपनामा सबै गोठालाहरु मध्येका एकले साक्षात कालीको रुप देखेछन् । सपनामै ति देवीले तिमीहरु नआत्तिनु, मलाई भेडाको बलि दिनु, हराएका तिम्रा भेडा पाउने छौ र तिम्रो मनोकामना पनि पुरा हुने छ भनिन् । देवीको यस्तो कुरा सुने पछि गोठालाले पनि हुन्छ, म तपाईले भने बमोजिम गर्छु भनेछ ।

त्यतिकैमा ति गोठाला निन्द्रबाट व्युझिए । यसो हेर्दा आफ्ना हराएका सबै भेडा देखे । त्यस पछि गोठाला ले भेडाको बलि दिएर त्यहाँ पुजा आजा गरि अन्यत्रै गोठ सारे । यसरी भएको घ’टना जताजतै फैलियो । र त्यहाँ मानिसहरु पुजाआजा गर्नका लागि जान थाले । गोठाला लाई सपनामा देवीले भेडाको बलि दिनु भनेर भनेकाले सबैले ब’लि दिएर पुजाआजा गर्न थाले । महाकाली, भद्रकाली, सिद्धकाली, स्वेतकाली र र’क्तकाली यि पाँच वटा रुप भएकि देवी भएकाले पञ्चकन्या भगवती देवीको रुपमा मान्ने गरिएको छ । पाथीभराको प्रसंग किराँत समुदायको धर्म ग्रन्थ (मुन्धुम) मा समेत जोडिएको छ ।

किराँत समुदायले पाथीभरालाई मुकुम्लुङ भन्ने गर्छन् । लिम्बू भाषामा मुकुम् भनेको शक्ति र लुङ भनेको पत्थर अर्थात ढुंगा हो । मुकुम्लुङलाई युमा माङका रुपमा उनिहरुले पुज्छन् । किराँत समुदायले यूमा माङ लाई प्रमुख स्टदेवको रुपमा लिने गरेकाछन् । किराँत धर्म, मान्यता अनुसार यूमा माङ किराँत धर्म मान्ने वा उक्त धर्म गुरुहरुमा बेलाबेलामा प्रकट हुने हुन्छ । यसरी यूमा माङको एक अवतारका रुपमा महागुरु फाल्गुनन्द लाई समेत मान्ने गरिएको छ ।

पाथीभरामा फाल्गुनन्दको पुर्ण कदको ७ फिट अग्लो ढुंगाको शालिक समेत राखिएको छ । केहि समय अघि किराँती समुदायले उक्त शालिक स्थापना गरि किराँत धर्म गुरुहरुको बाहुलीबाट अनावरण गरेकाहुन् । बौद्धमार्गीहरुले पनि पाथीभरा देवी प्रति आस्था र विस्वास राख्ने गरेकाछन् । पाथीभरामा बडा दशैँ तथा नवरात्रको समयमा विशेष पुजाआजा सहित बलि चढाउने गरिएको छ । पाथीभरा देवीले भक्तजनले चढाएको बलि स्नेहपुर्वक लिने जनविस्वास रहिआएको छ । तर दर्शनार्थीले बलि नै चढाउनुपर्छ भन्ने अनिवार्य छैन । परेवा उडाएर, फुल, अक्षता चढाई धुप बालेर पनि पुजा गर्ने गरिएको छ ।

पछिल्लो समयमा पुजाआजाका लागि फुलअक्षता लिएर जाने क्रम बढेको पाईन्छ । पाथीभरामा यसरी पुजा गर्नु पर्छ भन्ने लिखित पद्धत्ति छैन । मौखिक आधार मा नै चलेको छ । चलिआएका दुई प्रकारका पद्धत्तिछन् । भगवती को पुजा गरेर चण्डी पाठ गर्ने, हवन गर्ने शास्त्रीय पद्धत्ति र बलि दिएर पुजा गर्ने पद्धत्ति चलिआएको पाईन्छ । पाथीभराको महत्व र पाथीभरा प्रति राखिने आस्था र विस्वास वर्षौ पहिले जस्तो थियो अहिले पनि उतिकै छ ।

कुनै समय गाउँमा स्वास्थ्य संस्था,स्वास्थ्यकर्मी नहुँदाको अवस्थामा विरामी पर्दा पाथीभरा पुग्ने भाकलगरे पनि निको भईन्छ भन्ने विस्वास,मान्यता राखेर देवीको पुजाआजा र दर्शनगर्ने मानिस सहजै स्वास्थ्य उपचारको पहुँचमा पुग्दाको वर्तमान अवस्थामा पनि उतिकै पाथीभरा प्रति विस्वास र आस्था राख्छन् । पाथीभराकै दर्शन गरेर आफ्नो मनोकामना पुरा भएको उदारण कयौँले दिन्छन् । यसैले पनि देश विदेशका तिर्थयात्री ताप्लेजुङ सम्म पाथीभराको दर्शनका लागि पाउ कष्ट गर्छन् ।

 

प्रतिकृया दिनुहोस्