शुक्रबार १५ साउन २०७८

मृतावस्थामा फेला परेकी राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको अ’न्त्ये’ष्टी गरिएको छ । परिवार र स्थानीयले सुजिताको हत्यारा पत्ता नलागेसम्म श’व नबुझ्ने अडान लिँदै आएका भए पनि चितवन प्र’हरीले घ’टनाको सुक्ष्म अनुसन्धान भइरहेको र छिट्टै घ’टनाको विस्तृत विवरण सार्वजनिक गरिने आश्वासन दिएपछि परिवारले श’व बुझेको हो ।

आज सोमबार देवाघाटमा परिवारले सुजिताको दा’हसंस्कार गरेका हुन् । सुजिताको बुवाले आँशु पु’छ्दै सुजितालाई दा’गबत्ती दिए । सुजिताको शव परिवारले आजमात्र बुझेको हो । पो’ष्टमा’र्टमका लागि काठमाडौंमा रहेको श’व परिवारले आज बुझेको हो । काठमाडौंबाट श’व बुझेपछि चितवनतर्फको देवघाटमा ल्याएर अ’न्त्येष्टी गरिएको हो । दा’हसंस्कारमा परिवारका सदस्य र स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

पो’स्टमा’र्टम रिर्पाेटमा सुजिताको शरीरमा कुनै चो’टपटक नलागेको र ब’ला’त्कार पनि नभएको उल्लेख छ । चितवनका प्र’हरीका एक अधिकारीका अनुसार सुजिताको भि’सेराको रिपोर्ट आइसकेको छैन । भि’सेराको रिपोर्ट आएपछि थप कुरा थाहा हुने प्रहरीको भनाइ छ । भिसेराको रिपोर्ट आएपछि सुजिताले मृ’त्युअघि के खाएकी थिइन् पत्ता लाग्ने छ । असार २० गते आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा च्याउ टिप्न गएका स्थानीयले एक युवतीको श’व देखे ।

श’व देखेपछि स्थानीयले प्र’हरीलाई खबर गरे । प्र’हरी र सुजिताको परिवार पुगेपछि श’व सुजिता कै भएको पुष्टि भयो । परिवार स्रोतका अनुसार सुजिता असार ११ गतेदेखि बे’पात्ता भएकी थिइन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी थिइन् सुजिता । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएकी थिइन् । त्यसलगत्तै परिवारले प्र’हरीलाई खबर गरेको थियो । तर १० दिनसम्म पनि प्र’हरीले सुजिताको बारेमा पत्ता लगाउन सकेन ।

namasteonlinekhabar

१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया