आइतबार १७ साउन २०७८

काठमाडौंको कीर्तिपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एकको मृ त्यु भएको छ । दोलखाको कुन्जल गाउँपालिका-४ घर भइ स्वयम्भु बस्ने निवास शेर्पाको छोरा ६ वर्षीय विश्व उदासको सेफ्टी ट्याङ्कीमा खसेर सोमबार साँझ मृत्यु भएको हो ।

कीर्तिपुर नगरपालिका-१० सुन्दरिघाटस्थित कृषि तथा पशु क्याम्पसको निर्माणधिन ट्याङ्कीमा पर्खाल लगाउने क्रममा बाबुसँगै आएका उदास खेल्ने क्रममा अचानक खसेर गम्भीर घाइते भएकोमा वयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा पूर्ण रुपमा सुचारु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा पूर्ण रुपमा सुचारु भएको छ । प्रतिष्ठानका चिकित्सक, नर्स, विद्यार्थी र कर्मचारीले आन्दोलन गर्दै आएका कारण दैनिक दुई घण्टा ओपिडी सेवा बन्द रहँदै आएको थियो ।

प्रधानमन्त्री कार्यालयले बनाएको कार्यदल धरान आएर आन्दोलनकारीका माग सम्बोधनको पहल गरेपछि मंगलबारदेखि ओपिडी सेवा सुचारु भएको हो ।

संयुक्त संघर्ष समितिका डा अमृत जैसीले लामो समयदेखि आन्दोलन गर्दै आएका चिकित्सक, नर्स, कर्मचारी लगायत आन्दोलनकारीहरु मंगलबारबाट काममा फर्किएको बताए ।

प्रधानमन्त्री कार्यालयले बनाएको कार्यदल धरान आएपछि आफ्ना माग सम्बोधन हुने आशाका साथ आफुहरु लचिलो बनेको उनले बताए ।

प्रधानमन्त्री कार्यालयका सचिव डा. बैकुण्ठ अर्याल नेतृत्वको नौ सदस्यीय कार्यदलले सोमबार संयुक्त संघर्ष समितिसँग छलफल गरेको थियो ।

विगत ३५ दिनदेखि जारी शुद्धीकरण अभियानअन्तर्गतको आन्दोलन निकासतर्फ उन्मुख भएको आन्दोलनकारीको बुझाइ छ

संयुक्त संघर्ष समितिका संयोजक एसपी रिमालले आफूहरूले उठाएका विषयमा ढिलै भए पनि सरकारले सुन्ने र बुझ्ने अग्रसरता देखाएकाले त्यसलाई आफूहरुले सकारात्मक रुपमा ग्रहण गरेको बताए ।

उनले कार्यदलको अध्ययनपश्चात तयार प्रतिवेदन सार्वजनिक गरी लागू नहुँदासम्म आन्दोलनका तथा खबरदारीका कार्यक्रमहरू भने जारी रहने प्रस्ट पारे । आन्दोलनका कारण बिरामीले उपचार सेवा पाउनबाट बञ्चित नहुन् भन्ने उद्देश्यका साथ आफूहरूले निर्धारित आन्दोलनका कार्यक्रम परिमार्जन गरेको बताए ।

प्रतिष्ठानको बेथितिविरुद्ध गत असार १ देखि १२ बुँदे माग राख्दै प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारी र विद्यार्थी आन्दोलित हुँदै आएका छन् ।

सानिमा बैंकको बैंकिङ्ग सेवा अब ललितपुरको भैंसेपाटीमा पनि

सानिमा बैंक लिमिटेडले आफ्नो थप बैंकिङ्ग सेवा ललितपुरको भैंसेपाटीमा पनि विस्तार गरेको छ । बैंकले मंगलबार देखि उक्त स्थानमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा शुरु गरेको हो ।

उक्त कार्यालयको समुद्घाटन कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई ब्रान्ड प्रवद्र्धन वरिष्ठ हास्कलाकार द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरे ।

बैंक उद्घाटन गर्दै मह जोडी श्रेष्ठ र आचार्यले भैंसेपाटीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्दै बैंलाई धन्यवादसहित सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना दिए ।

हाल सानिमा बैंकको देशभर साथै प्रदेशमा गरी ८६ वटा शाखा कार्यालय, १८ विस्तारित काउन्टर र ९५ वटा एटिएम सञ्चालनमा रहेका छन् ।

merodiniki

४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया