Tuesday, November 24

जङ्गली जनावरलाई लक्षित गरि थापिएको करेन्टमा पर्दा एकैघरका दाजुभाईको मृ’त्यु

August 4, 2020 163

दाङ, १९ साउन । दाङमा जङ्गली जनावरलाई लक्षित गरि थापिएको करेन्टमा पर्दा एकैघरका दाजुभाईको मृ’त्यु भएको छ ।घोराही उपमहानगरपालिका वडा नं १ हर्नोकमा करेन्ट लागेर ३५बर्षीय दिलबहादुर रावतका छोरा १० बर्षीय तेजबहादुर रावत र १४बर्षीय बिरबल रावतको सोमवार विहान मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय दाङका प्र’हरी नायव उपरिक्षक एव प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् ।

सोही घटनामापरि मृतकका बुबा दिलबहादुर रावत समेत घा’इते भएका छन्।उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रवक्ता खड्का ले जानकारी दिएका छन् ।जंगली जनावर बँदेलले मकै खाई हैरान पारेपछि बदेल मार्नको लागि आइतवार साँझ राखिएको विद्यतिय तार मा सोमवार विहान ६ बजे तिर दुई दाजु भाई पर्दा उनी हरुको घ’टना स्थल मै मृ’त्यु भएको हो । घटनाको विषयमा थप अ’नुसन्धान भई रहेको जिल्ला प्र’हरी कार्यालय दाङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्