शुक्रबार १५ साउन २०७८

काठमाडौ । सामाजिक सञ्जालमा अहिले प्रधानमन्त्री शेरवहादुर देउवाको वारेमा एउटा रमाइलो चर्चा सुरु भएको छ ।

गुगलमा अंग्रेजीमा ‘फटाहा इन नेपाल’ भनेर गुगलमा सर्च गर्ने हो भने प्रधानमन्त्री शेरवहादुर देउवाको तस्बिर सबैभन्दा माथि देखिन्छ ।

यो कुरालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले रमाइलो मान्दै स्कृनस सार्वजनिक गरिरहेका छन् ।

गुगलमा कहिले काँही यस्ता अनौठो गल्ती हुने गरेका छन् । यस अघि अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा पनि यस्तै भएको थियो । जसका कारण गुगलले अमेरिकालाई स्पष्टिकरण समेत दिनुपरेको थियो ।

यसअघि गुगलमा अंग्रेजी शब्द ‘इडियट’ लेखेर सर्च गर्दा डोनाल्ड ट्रम्पको तस्वीर आएका कारण स्पष्टिकरण नै दिनुपरेको थियो । गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाइले अमेरिकी संसदमै जवाफ दिएका थिए ।

उनले जवाफमा भनेका थिए । गुगलमा कुनै पनि कुरा सर्च गर्दा त्यसलाई निर्देशित गर्ने मुख्य कुरा अल्गोरिदम हो।

कुन शब्द के अथवा कोसँग जोडेर प्रयोग हुँदैछ र त्यो कत्तिको बढी प्रयोग हुन्छ भन्ने आधारमा सर्चको नतिजा भर पर्छ। कुनै शब्दलाई कुनै व्यक्तिसँग जोडेर प्रयोग गर्दा बढी नै भएको खण्डमा गुगलले आफ्नो अल्गोरिदमका कारण त्यो शब्द र मानिसलाई जोडेर हेर्छ र नतिजामा त्यस्तै आउँछ।

देउवा र ट्रम्पको हकमा भएको त्यही हो। गुगललाई नै यसवारे जानकारी दिएर देउवाका बारेमा आएको त्यस्तो रिजल्ट पनि मिलाउन सकिन्छ ।

त्यसका लागि गुगलकै अन्त्यमा ‘प्रतिक्रिया’ दिनुहोस् भन्ने विकल्पमा गएर गुनासो लेखेर पोष्ट गर्नुपर्छ ।

फ्लोर क्रस गर्ने सांसदले हामीले स्पष्टिकरण पत्र पाएका छैनौं’ भनेपछि ओली पक्षले गर्दैछ यस्तो तयारी, कारवाही के हुन्छ ?

सोमवार बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिने एमालेका सांसदहरुलाई कारवाहीका लागि स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

सांसदहरुलाई २४ घण्टाको समय राखेर स्पष्टिकरण सोधिएको थियो ।

तर स्पष्टिकरण सोधिएको भनिएका एमाले नेपाल पक्षका सांसदहरुले अहिले सम्म स्पष्टिकरण पत्र नपाएको बताएका थिए ।

उनीहरुले मिडिया मार्फत त्यसवारे जानकारी पाएको भ एपनि आफ्नो हातमा स्पष्टिकरण पत्र नपुगेको बताएका थिए ।

नेताहरुको यस्तो कुरा वाहिरिएपछि नेकपा एमालेका प्रवक्ता शेरबहादुर तामाङले छिट्टै सांसदहरुलाई स्पष्टीकरणको पत्र पठाइने बताएका छन्।

पत्रका लागि तयारी भइरहेको भन्दै सांसदहरुले तत्काल पाउने माध्यमको प्रयोग गरी केही बेरमै स्पष्टीकरण पत्र पठाइने बताए।

हिजो बसेको एमाले केन्द्रीय समितिको बैठकले संसदमा फ्लोरक्रस गर्ने २२सांसदलाई २४घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। बस्ने केन्द्रीय समितिको बैठकले उनीहरुलाई कारबाही गर्ने संभावना कम रहेको उनले बताए।

merodainiki

१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया