Monday, October 26

अढाई वर्ष नपुग्दै ब्लड क्यान्सर संग जुधिरहेकि मिक्साङ गुरुङको उपचारमा सहयोगको अपिल !

August 4, 2020 371

सानै उमेरमा आफ्नी छोरीले यति धेरै पि’डा सहनुपर्छ भनेर सोचेका थिएनन् ताप्लेजुङको फुङलिङका सन्तोष गुरुङले । आफ्ना बालबच्चा स्वस्थ हुन्, उनिहरुलाई पि’डा नहोस भन्ने हरेक अविभावकको ईच्छा हुन्छ र दिनरात तिनै बालबच्चाको भविष्य सम्झेर र’गत र पसिना संग जुधिरहेकाहुन्छन् ।

तर उमेरले २८ महिना नपुग्दै छोरी मिक्साङ ब्लड क्यान्सर संग जुधिरहँदा सन्तोषलाई मन भरि पि’डा छ । नसोचेको रो’गले महाराजगञ्ज स्थित कान्ती बाल अस्पताल अस्पतालमा आफ्नी छोरी छ’टपटिदा उनी मात्रै होईन, परिवार नै पिरलोमा परेको छ । विगत ६ महिनादेखि उपचाररत छोरीको ज्यान बचाउन गुरुङले कमाएको सम्पत्ति सकियो र अहिले रि’ण थपिदै गएको छ ।

तर छोरीको अवस्थामा कुनै सुधार छैन । अस्पताले अबको विकल्प बोन म्यारो प्रत्यारोपण भनेको छ । जसका लागि अन्य अस्पताले जानुपर्ने देखिन्छ । तर आर्थिक अभावले विकल्प नजिक पुग्न नसकेको सन्तोष गुरुङको भनाई छ । उनले आफ्नी छोरीको ज्यान बचाईदिन सबै आफन्त एवम सहयोगी मनहरु संग अनुरोध गरेकाछन् । ठुलो रकम लाग्ने भएकाले र आफ्नो आर्थिक अवस्था कमजोर बनेकाले देश तथा विदेशमा रहेका नेपाली दाजुभाईलाई सहयोग गरिदिन उनले अनुरोध गरेकाहुन् ।

“मेरो आर्थिक अवस्थाले मैले धान्न नसक्ने अवस्था भएका कारणले गर्दा हजुरहरूलाई सहयोगका लागि अनुरोध गर्दछु । सहयोगले नै मेरो सानो छोरीले नयाँ जीवन पाउने छ”–सन्तोष भन्छन् । उनले आफ्नो प्राईम कमर्सियल बैंकमा रहेको खाता नम्बर ०२५००००२ पि डि र सिद्धार्थ बैंकमा रहेको खाता नम्बर ०३४१५०५४४७३ साथै ई सेवा ९८४२७४३६०६ मा सहयोग रकम हाल्न सकिने बताएकाछन् ।

यदि सहयोग गर्न चाहाने महानुभावले आवस्यक परे ९८४२७४३६०६ मा समेत सम्पर्क गर्न सकिने उनले बताए । यो अवस्थामा सहयोग गरे जीवन दान हुने भन्दै सबै संग सहयोगका लागि विनम्र अनुरोध गरेकाछन् ।

प्रतिकृया दिनुहोस्