Monday, November 30

साउदी अरबको नयाँ नोटमा आफ्नो नयाँ नक्सा राख्न भारतको माग

October 31, 2020 131

एजेन्सी । साउदी अरबले निकालेको नयाँ नोटमा रहेको अन्तर्राष्ट्रिय सीमाका बारेमा भारतले चिन्ता व्यक्त गर्दै सुधारको माग गरेको छ ।गत साता जारी भएको नोटमाथि एक बयान जारी गर्दै भारतको विदेश मन्त्रालयले बिहीबार ’तत्काल सुधारात्मक कदम’ उठाउन माग गरेको हो।साउदीको २० रियालको नोटमा विश्वको नक्सा छापिएको छ र सो नक्सामा जम्मु-कश्मिर र लद्दाखलाई भारतको भूभागका रूपमा देखाइएको छैन। साउदीले २० रियालको जी-२० मा आफ्नो अध्यक्षतालाई संकेत गर्न विश्वको नक्सा राखेको हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले यस मामिलामा साउदीले तत्काल सुधारात्मक कदम उठाउनुपर्ने बताए। मिडिया रिपोर्टहरूका अनुसार यस नक्सामा पाकिस्तान प्रशासित कश्मिरको गिलउत-बाल्टिस्तान क्षेत्रलाई पनि पाकिस्तानको हिस्सा देखाइएको छैन।

प्रतिकृया दिनुहोस्