Friday, November 27

प्रेम सञ्जेल आ’क्रमण : घ’टना बङ्ग्याउन एनजीओको च’लखेल,

August 4, 2020 216

१९ साउन,काठमाण्डौ । आफ्नै कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेललाई कु’टपिट गरेपछि श्रम तथा रोजगार कार्यालय विराटनगरमा करारमा कार्यरत दुई महिला कर्मचारीले सञ्जेलमाथि दुरव्यवहारको आ’रोप लगाएका छन् । आ’क्रमण गरेको घटनाबाट बच्न उनीहरुले सञ्जेलले यौ’न हिं’सा गर्ने मनसायले बारम्बार आफू हरुमाथि दु’रव्यवहार गर्ने गरेको आ’रोप लगाएको प्रहरीको भनाइ छ ।

नेपाल सरकारका उप–सचिव सञ्जेल भ्रष्टाचार वि’रोधी अभियन्ताको छवि बनाएका कर्मचारी हुन् । आफू घु’स नखाने र अरुलाई पनि घु’स खान नदिने तथा भ्र’ष्टाचार गर्नेलाई देखीनसक्ने सरकारी कर्मचारीका रुपमा अगाडि आएका उनी आफ्नो त्यही स्वभावका कारण सबैको प्रशंसाका पात्र बनेका छन् । तर श्रम तथा रोजगार कार्यालयका प्रमुख रहेका उनीमाथि शनिबार बिहान आफ्नै कार्यकक्षमा करारमा काम गर्दै आएका दुई महिला कर्मचारीले आ’क्रमण गरेका छन् । सञ्जेलमाथि पूर्व योजनाअनुसार ष’डयन्त्रपूर्वक र नि’योजित रुपमा आ’क्रमण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

आक्रमणमा संलग्न कार्यालय सहयोगी नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)वि’रुद्ध प्रहरीले आइतबार अ’भद्र व्य’वहार मु’द्दा चलाउन म्याद थप गरेर अ’नुसन्धान अघि बढाएको छ । प्रहरीले का’रबाही अघि बढाइरहँदा उक्त घटनालाई अन्यत्र मोड्ने र घटनामा संलग्नलाई उन्मुक्ती दिने हिसाबमा एनजीओ (गैर सरकारी संस्था)ले च’लखेल बढाएका छन् । कुटपिटमा संलग्नलाई नै सञ्जेल वि’रुद्ध जा’हेरी दिन उक्साएको जानकारी प्रहरीले दिएको छ ।

ओरेक नेपाल विराटनगरका प्रमुख दीपक सेन्च्यूरी लगायत केही एनजीओकर्मी शनिबार जिल्ला प्र’हरी कार्यालय मोरङमा पुगेर सञ्जेल वि’रुद्ध का’रबाही गर्नु पर्छ भनेर एक हिसाबले प्रहरीलाई द’बाब दिएको बुझिएको छ । एनजीओकर्मीले घटनामा पी’डित बनेका सञ्जेल माथि का’रबाही गरेर पी’डक हरुलाई भने उन्मुक्ती दिलाउने हिसाबले शं’कास्पद गतिविधी गरेको प्र’हरी स्रोतको भनाइ छ ।

विभिन्न खाले कुरा आएपछि प्रहरीले घटनाका विषय लाई लिएर लामो समय सम्म दुई पक्ष बीच छलफल चलाएको थियो । शनिबारराति १० बजेसम्म सञ्जेल र कु’टपिट गर्ने पक्षबीच छलफल चलाएको प्र’हरी अन्ततः आ’क्रमणमा संलग्नविरुद्ध का’रबाही अघि बढाउने निस्कर्षमा पुगेकोहो ।आ’क्रमण गर्नेहरुले एनजीओ को उक्साहटमा लागेर सञ्जेलविरुद्ध दुरव्यवहारको जा’हेरी लिएर आए पनि घटनाको वास्तविकताभन्दा बाहिर जान नसकिने भन्दै प्रहरीले दर्ता गर्न मानेन ।

कतिपय यस्तैघटनामा पीडितलाई थप पी’डा दिने र पीडकलाईउन्मुक्ती दिने हिसाबको च’लखेल एनजीओका नाममा हुने गरेको प्रहरीको भनाइ छ । एनजीओ कर्मीले का’नुनी का’रबाहीमा जानका लागि नै अ’लमल हुने गरी पटक–पटक अनआवश्यक द’बाब दिने तथा ग’लत तरिकाले भूमिका खेल्ने गरेको प्रहरीका एक अधिकृतको भनाइ छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले वास्तविकता भन्दा बाहिर गएर कुनै पनि घटनाको अ’नुसन्धान बढाउन नसकिने बताए । उनले यथार्थभन्दा अलग हिसाबको जाहेरी घटनामा संलग्नहरुबाटै आएका कारण दर्ता गर्न नसकिएको र कार्यालय प्रमुखलाई कु’टपिटगर्ने महिला कर्मचारीविरुद्ध का’रबाही अघि बढाइएको जानकारी दिए । कु’टपिटबाट आफूलाई लागेको चो’ट देखाउँदै उप–सचिव प्रेमप्रसाद सञ्जेल ।

महिला कर्मचारीले सञ्जेलले आफूहरुमाथि बारम्बार दु’रव्यवहार गर्नेगरेका कारण आ’क्रमण गर्नु परेको बताएपनि त्यस अघिसम्म का’रबाहीका लागि सम्बन्धित निकायमा आएको नपाइएपछि प्र’हरी घटनामा सञ्जेलनै पी’डित बनेको निस्कर्षमा पुगेको हो । का’नुन हातमा लिएर कु’टपिट गरेपछि कारबाहीबाट बच्नका लागि महिला कर्मचारीले सञ्जेल माथि ग’लत आ’रोप लगाएको डीएसपी राईले बताए । ‘सञ्जेलले कुनै खाले दु’रव्यवहार गरेको भए न्याय का लागि आएको भए प्रहरीले वास्तविकता बुझ्दै घटनाको अ’नुसन्धान गरेर यथार्थ पत्ता लगाउने थियो,’उनले भने, ‘तर आ’क्रमण गरिसकेपछि अहिले हामीमाथि दु’रव्यवहार भयो भनेर कारबाहीबाट उम्कन खोज्नेको देखिन्छ ।’

राईकाअनुसार घटनाको प्रकृति हेर्दा पूर्व योजनाअनुरुप षडयन्त्रपूर्वक ढंगले आ’क्रमण गरेको देखिन्छ । सञ्जेलमाथि दुवै जनाले टेबुलमाथि राखेको पेपर वेटको डल्लो, आफू ले लगाएको चप्पल, नेम प्लेट, पञ्चिङ मेसिन लगायतले प्रहार गरेको प्रहरीको भनाइ छ । कुटपिटबाट सञ्जेल को निधार, ओठ, हात, औंला लगायत शरीरका विभिन्न भागमा चो’ट लागेको छ । महिला कर्मचारीहरुले कार्यालयको काममा अनआवश्यक हिसाबले द’बाब र दुः’ख दिने, आफूहरु माथि दु’रव्यवहार गर्ने, गा’लीगलौज गर्ने, सुरक्षा जिम्मेवारी नै नदिएका सामान हराएको विषयमा प्रश्न उठाउने र मानसिक त’नाव दिने गरेको आ’रोप सञ्जेलमाथि लगाएका छन् ।

घ’टना गराउनुअघि महिला कर्मचारीले सञ्जेललाई कुट्नलाई बनाएको योजनाका बारेमा पनि प्रहरीले जानकारी पाएको छ ।‘दु’रव्यवहार भएको भए का’रबाही का लागि महिला कर्मचारीलाई का’नुनी बाटो थियो,’ डीएसपी राईले भने, ‘तर कार्यालय प्रमुखलाई कार्यकक्षमा कु’टपिट गरे पछि आफू बच्न लाई आ’रोप लगाएको देखियो ।’काम नगरेको भन्दै सञ्जेलले शुक्रबार कामबाट निकालिदिएका करारका नायव सुब्बा निर्मलकुमार दाहाल कु’टपिटमा संलग्नमध्ये नेत्र भट्टराई (निरौला) कोबहिनी ज्वाई हुन् ।

केही दिन अघि कार्यालयको पानी तान्ने मोटर पनि चो’री भएको थियो । कार्यालय का सामानको सुरक्षा नभएको भन्दै सञ्जेलले चार जना करारका कार्यालय सहायक मध्ये दुई÷दुई जना गरेर पालो हिसाबले २४ घण्टानै ड्युटीमा खटाएका थिए ।आफूहरुलाई धेरै ड्युटी लगाएको र आफन्तलाई पनि जागिरबाट निकालि दिएको रिसमा घ’टना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सञ्जेलसँग मिटङ भन्दै उनलाई सँगै गाडीमा लिएर आएका चालक निरज भट्टराई लाई बाहिर निकाल्दै दुवै जना मिलेर ढोकाको चुक्कुल लगाएर कार्यकक्षमा आ’क्रमण गरिएको प्रहरीले जनाएको छ । शनिबार सार्वजनिक विदाका दिन कार्यालय नआउने मनस्थिति बनाएर घरमै बसेका सञ्जेललाई कार्यालयको कामका लागि भन्दै महिला कर्मचारीले नै बोलाएर आ’क्रमण गरेको देखिएको डीएसपी राईले बताए । उनकाअनुसार आ’क्रमण भइरहँदा छुट्याउन पुगेका प्रत्यक्षदर्शी र प्रहरीले पनि घटनामा सञ्जेलको दोष नदेखिएको बताएका छन् ।

घटनाका प्रत्यक्षदर्शी एवं स्थानीय व्यापारी रेवती प्रसाद अधिकारीले कार्यालय प्रवेश गर्नु अघिको महिला कर्मचारीको गतिविधीले पनि सञ्जेल माथि आ’क्रमणको योजना बनाएको प्रष्ट हुने बताए । ‘तत्काल छुट्याउन नपुगेकोभए अप्रिय घ’टना हुने थियो,’ उनले भने, ‘सञ्जेल आफूले कुटाई खाइरहे पनि हात फर्काएको पाइएन ।’ सरकारी कार्यालयमा हुने भ्र’ष्टाचार र घुसखोरीविरूद्ध क’डा रुपमा उत्रदै आएका उपसचिव सञ्जेलललाई २०७५ असोज ११ गते उक्त कार्यालयको प्रमुखका रुपमा पठाइएको थियो ।

तर कर्मचारी का नेता र केही व्यापारीको द’बाबमा ७० दिनमै पुस ५ गते उनको सरुवा सरकारले व्यावसायिक सीप तथा तालीम प्रतिष्ठान मा इटहरी ग¥यो । उपसचिव सञ्जेलले आफूलाई गै’रकानूनी र अ’न्यायपूर्ण व्यवहार गरेको उल्लेख गर्दै सर्वोच्च अ’दालतमा २०७५ फागुन १७ गते रिट नि’वेदन दायर गरेका थिए । रि’ट नि’वेदनमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले निजामती कर्मचारी ऐनविपरीत सरुवा गरेको ठहर गर्दै सञ्जेलको सरुवा कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आ’देश जारी गरेको थियो ।

त्यसपछि उनी २०७५ फागुनमै श्रम तथा रोजगार कार्यालय विराटनगरमा हाजिर भएर काम थालेका थिए । भ्रष्टाचारविरुद्धमा निक्कै आ’क्रमण हुने उनी आफू भ्र’ष्टाचार नगर्ने र आफ्नो कार्यालयमा कार्यरत कोही पनि कर्मचारीलाई भ्र’ष्टाचार गर्न नदिने बताउँछन् । उनले विदेशमा समस्यामा परेकाको उद्धारमा सहयोग गर्ने, गै’रकानुनी रुपमा विदेश पठाउनेलाई का’रबाही गर्ने, कामदारलाई शो’षण गर्ने उद्योग, कलकारखाना, होटल लगायतलाई का’रबाही गर्ने गरेका थिए । स्रोतकाअनुसार आफ्नो रिफारिस नमान्ने गरेको भन्दै उनीसँग उद्योग व्यवसायी, कर्मचारीका नेतादेखि राजनैतिक दलका नेताहरु उनीसँग अ’सन्तुष्ट बनेका थिए ।

श्रम कार्यालयबाट उनको सरुवाकालागि निक्कै ठूलो च’लखेल पनि भए । तर सफल हुन नसकेपछि महिला कर्मचारीलाई प्रयोगगरेर श्रम कार्यालयबाट हटाउने हिसाबमा योजना बनाएरै आ’क्रमण गरेको देखिएको भन्दै प्रहरीले यस विषयमा थप अ’नुसन्धान गर्ने काम भइरहेको जनाएको छ ।अनि’यमितता र भ्र’ष्टाचार का सवालमा निक्कै ख’रो बनेर उत्रने सञ्जेल सरकारी कार्यालयमा काम गर्दा हुने ढि’लासुस्तीको पनि वि’रोधी हुन् । काममा झा’रा टार्ने, ढि’लासुस्ती गर्ने, घु’स खाने र सेवाग्राहीलाई सहज ढंगले सेवा प्रवाह नगर्ने कर्मचारीलाई उनले तत्कालै जागिरबाट हटाउने गरेका छन् ।

ओरेक नेपालका प्रमुख सेन्च्यूरीले भने सञ्जेलले महिला कर्मचारीमाथि दु’रव्यवहार गर्ने गरेको गुनासोका आधारमा आफू प्र’हरी कार्यालय पुगेको दा’बी गरेका छन् ।‘दु’रव्यवहार भयोभन्दै सहयोगमाग्न हामीसँग आएपछि पुगेका हौं,’उनले भने,‘प्र’हरी कार्यालयमा पुगेर कुनै पनि द’बाब दिइएको छैन ।’ग’ल्ती पुरुष वा महिला जसले गरे पनि का’रबाही हुनु पर्ने पक्षमा आफूहरु रहेको बताउँदै सेन्च्यूरीले कसैले पोखेको पी’डामाा समन्वय गर्न मात्रै प्रहरी कार्यालयमा पुगेको दाबी गरे ।

कु’टपिट गर्नेहरु जागिरबाट निकालिए :पसचिवसञ्जेलले आफूलाई कार्यकक्षमा कु’टपिट गर्ने दुव जना महिला कर्मचारीलाई कामबाट आइतबार हटाइदि’एका छन् । घटनाका विषयलाई लिएर सञ्जेलले ज्यान मा’र्ने उद्योगमा जा’हेरी दर्ता गराउन खोजेका थिए । तर प्रमाणित हुन गाह्रो पर्ने र मु’द्दा स्थापित नहुने भन्दै प्रहरीले लिन नमानेपछि अ’भद्र व्यावहारमा जा’हेरी दर्ता गराए ।

प्रतिकृया दिनुहोस्