आइतबार १७ साउन २०७८

काठमाडौं:

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन

एमालेका वरिष्ठ नेता माधव नेपालले सफलता पाएका छन् ।

प्रधानमन्त्रीमा देउवा नियुक्त हुनुमा माधव नेपाल पक्षको ठूलो हात छ ।

उनी पक्षधर २३ जना सांसदकै निर्णायक समर्थनकै कारण देउवाको सत्तारोहण सफल भएको हो ।

प्रधानमन्त्रीमा देउवा नियुक्त भएलगत्तै गठबन्धनको बैठक बसेको थियो ।

उक्त बैठकमा नेपालले अब आफूहरु गठबन्धनमा रहन नसक्ने परिस्थिति सुनाएका थिए ।

तर, पार्टी अध्यक्ष ओलीले बालुवाटार छोडेर बालकोट पुगेलत्तगै

नेता नेपालमाथि प्रहार गरेको शब्दबाणले उनीहरुबीच झनै द्वन्द्व चर्कियो ।

ओलीले नेता नेपाललाई गद्दारको संज्ञा दिएका छन् ।

प्रधानमन्त्री देउवाले आजै संसद्मा विश्वासको मत लिँदैछन् ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने नेपाल पक्षले यसअघि नै निर्णय गरिसकेको छ ।

देउवाले यसरी हतारिएर विश्वासको मत लिनुको पछाडि एमाले विभाजन गर्ने षड्यन्त्र

भएको एमाले नेताहरुको टिप्पणी सार्वजनिक भैसकेको छ ।

भीम आचार्यले त देउवाले एमाले विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।

नेपाल पक्ष सांसदहरुले विश्वासको मत दिएपनि उनीहरुलाइृ ह्वीप नलाग्ने सर्वोच्च अदालतको फैसला छ ।

यस्तो अवस्थामा अध्यक्ष तथा दलको नेता ओलीले सांसदहरुलाई कारबाही गर्न सक्दैनन् ।

तर, देउवाले विश्वासको मत पाउनेबित्तिकै एमाले एक भने अब नहुने भएको छ ।

नेता नेपालले पनि सोहीअनुसार तयारी थालेको स्रोतको दाबी छ ।

आज विश्वासको मत लिनेबित्तिकै प्रधानमन्त्रीले मन्त्रिपरिषदको बैठक राखेर सदनको अधिवेशन अन्त्य गरिदिने छन् ।

यस्तो अवस्थामा उनले नेता नेपाललाई दल विभाजन गर्न सजिलो हुनेगरि अध्यादेश ल्याईदिने भएका छन् ।

नेता नेपालसँग केन्द्रीय कमिटीमा झण्डै ५० प्रतिशत छ ।

दल विभाजनको लागि केन्द्रीय कमिटी र संसदीय दल दुवैमा ४० प्रतिशत पुर्याउनुपर्नेछ ।

नेपाल पक्षसँग संसदीय दलमा ४० प्रतिशत नपुग्ने भएकोले केन्द्रीय कमिटीमा ४० प्रतिशत मात्रै पुग्नेगरि

अध्यादेश ल्याईदिने र नेपाललाई परेको अप्ठ्यारो फुकाईदिने प्रधानमन्त्री देउवाको वचन छ ।

आज विहानमात्रै पनि अध्यक्ष ओलीले नेता नेपालसँग वार्ताको लागि आग्रह गरेका थिए ।

तर, नेपालले अब आफू धेरै अघि बढिसकेकोले पछि फर्कने ठाउँ नै नभएको जवाफ दिएका थिए ।

उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘म धेरै अघि बढिसकेको छु ।

अब तपाईसँग मिल्ने ठाउँ नै छैन् ।

म तपाईसँग रहन सक्दिन्, अब नयाँ पार्टी खोल्छु ।’

tajapostnp

४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया