बिहिबार १४ साउन २०७८

वि.सं.२०७८ साल साउन ०५ गते । मंगलबार । ईश्वी सन् २०२१ जुलाई २० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि– एकादशी,बेलुकी ०४ बजेर ४९ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– अनुराधा, बेलुकी ०७ बजेर ०५ मिनेट उप्रान्त ज्येष्ठा । योग– शुक्ल, बेलुकी ०६ बजेर ५८ मिनेट उप्रान्त ब्रम्ह । करण– वणिज, बिहान ०६ बजेर ०४ मिनेट उप्रान्त भद्रा, बेलुकी ०४ बजेर ४९ मिनेट उप्रान्त बव । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेट । दिनमान ३४ घडी ०१ पला । हरिशयनी एकादशीव्रत । तुलसीरोपण । चतुर्मासव्रतारम्भ ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउन सक्छ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने आर्थिक संकटको सामाना गर्नुपर्नेछ । बिलाशी तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्ने हुन सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाई लेखाईमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो कसिनेछ भने घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको योग रहेकोछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नया कार्ययोजना बनाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ भने व्यापारमा गरिएको लगानिबाट भनेजस्तो लाभ हुनेछ । पढाई लेखाईमा बिशेष चासो बढ्नेछ भने प्राबिधिक शिक्षामा सफलता हात लाग्नेछ । समाजमा सानो काम गरि नाम कमाउन सकिनेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । स्वास्थ्य सबल रहने हुनाले राम्रा तथा उपलब्धिमुलक कामहरु सम्पादन गर्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बौद्धिक कार्यमा सहभागी हुने अवसर जुर्नेछ । शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो फाईदा हुनेछ । स्कुल,कलेज तथा शैक्षिक क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन आर्जन गर्नुहुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै नया प्रेम प्रश्ताब आउनेछ । मन परको मानिसबाट भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खर्च बढ्ने तथा उपलब्धि हात नलाग्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा मन नजाद अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तबाट टाडिएरु लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानि गर्न सकिनेछ । घर जग्गा तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दाजुभाई तथा छिमेकिको सहयोगले परिणाममुखि काम गर्न सकिने समय रहेकोछ । तपाईले शुरु गरेको काममा सबैको सहयोग तथा समर्थन रहनेछ । काम गर्ने शैलि परिवर्तन गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । अदालति तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने पुराना बिवादहरु साम्य गर्न सकने समय रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै गन्तब्य पहिल्याउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनमा तपाईले दिएको समयबाट भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँनाले बोलैरै राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा जीवन सथिको सहयोगले अगाडि बढ्न मद्दत गर्नेछ । पारिवारिक तथा सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) तपाईको बिरुद्ध नकारात्मक कैचि चलाउनेहरु आफै किनारा लाग्नेछन् । कुनै प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ । राजनिति तथा समाजसेवामा लामो समय देखि समय दिनुहएकोछ भने पद प्राप्तीको गतिलो योग रहेकोछ । नया प्रकृतिका बिलाशी तथा फेन्सि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा अबिश्वास बढ्नेछ भने घर परिवार तथा आफन्तजन सँग राय बाजिनेछ । आर्थिक अभावमा बिभिन्न अवसरहरु गुम्नेछन् भने व्यापार व्यावसायमा समय लगानि गरेपनि आम्दानि कमनै हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुँबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सहयोगहिरु जुट्नाले रोकिएको काम सहजै सम्पादन हुनेछन् । दाजुभाई तथा अग्रजहरुको हरेक क्षेत्रमा साथ रहने हुनाले मन प्रशन्न रहनेछ । बिषेश समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा आम्दानि गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने तथा पद प्राप्तिको गतिलो योग रहेकोछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सीर्जनात्मक तथा लेखन शैलिमा बिकास हुनेछ भने अध्ययन अध्यापनमा बिजयको योग रहेकोछ । आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ । धर्म कर्ममा ध्यान जानेछ । साथभाईको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ ।

तपाईको दिन शुभ रहोस् ।

यो पनि – साप्ताहिक रासिफल हेर्नुहोस : साउन ०३ गते आईतबारदेखी साउन ०९ गते शनिबारसम्मको

मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो,अ) समय मध्ययम रहेकोछ । बोल्दा तथा कुनैपनि निर्णय गर्दा ख्याल गर्नुहोला तपाईको निर्णय आ.त्मघाति पनि हुन सक्छ । सामाजिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त भए पनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । दाजुभाई तथा छिमेकि सँग घरायसि कुरामा सामान्य बि.वाद बढ्नेछ भने व्यापार व्यावसायमा लागनि गर्नको लागि केहि समय पर्खनु उचित हुनेछ । आट गर्न नसक्दा हातमा आईसकेको काम अरुकै पोल्टोमा जान सक्छ ध्यान दिनुहोला । ब्याबस्थापन ज्ञानको कमिले आर्थिका कारोबारहरु बिग्रन सक्छन् ध्यान दिनुहोला । काममा सहयोग गर्नेहरु भन्दा अल्मल्याउने हरु हाबि हुने हुनालेमहत्वपुर्ण कामहरु थाति रहन सक्छन् । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा नहँुन सक्छन् । आफु भन्दा ठुला मानिसको सुझाब तथा सल्लाह लिएर अगाडि बढ्न सके गन्तब्यमा पुग्न सहज हुनेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरि मनग्गे आम्दानि गर्न सकिनेछ भने अन्य व्यावसायमा नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ ।

बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वो) साता राम्रो रहेकोछ । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा आउँदा खुसिले उँचाई नाघ्नेछ । तपाईको प्रखर बोलिले सबैको मन जित्नेछ भने थोरै बोलेर धेरै आय आर्जन गर्न सकिनेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहने तथा मिठो मसिनो परिकार ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । कुटुम्ब तथा आफन्तजन तपाईको कामदेखि प्रशन्न हुनेछन् । माया प्रेम तथा दाम्पत्य जीवनलाई थप सुमधुर बनाउँन सकिनेछ । न्यायिक निकायबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुने हुनालेमन प्रशन्न रहनेछ । हितैसि मित्रहरु सँग मिलेर गरिने कुनै पनि व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ । छोटो तथा रमाईलो यात्राको तय हुनेछ भने यात्राको शिलशिलामा मनमोहक दृष्यहरुको अवलोकन गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा) साता उत्तम रहेको छ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि यो साता फलदायि रहनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । नयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । निर्णय क्षमतामा बृद्धि हुनेछ भने तपाईको सहि निर्णयको प्रभावले समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । राजनिति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको गतिलो समर्थन प्राप्त हुनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईलाई जनमानसमा लैजान सकिनेछ । सभा समारोहमा सहभागि भई आत्मिय मित्रहरुका साथ मिष्टान्न भोजन ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा वरिपरि देख्न तथा सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ ।

कर्कट (ही, हू ,हे, हो,डा,डी,डु,डे,डो) आम्दानि भन्दा खर्च बढ्ने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । कामहरु समयमा सम्पादन नहुने तथा व्यापार व्यावसायमा नाफा कमाउँन निकै संघर्ष गर्नु पर्नेछ भने बिदेशबाट आयात हुने सामानको व्यापार व्यावसाय बाट प्रशस्त आम्दानि हुनेछ । बैदेशिक यात्रा तथा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् । सुधारात्मक कार्यमा खर्च बड्नेछ भने अनाबस्यक ठाउँमा बल तथा बुद्धि प्रयोग हुनेछ सजक रहनुहोला । मान सम्मान तथा प्रतिष्ठामा दाग लाग्न सक्छ सजक रहनुहोला । पढाई लेखाईमा खासै ध्यान नजादा नतिजा अरुकै पक्षमा जानेछ । प्रेम प्रशंगमा सामान्य घटपट हुने तथा पति पति बिच अबिश्वासको बाताबरण सिर्जना हुनेछ । बुधबार दिउसो देखि समय परिवर्तन भएर तपाईकै पक्षमा आउँने हुनालेजनचाहाना अनुशार काम हुने हुनालेमान सम्मान तथा र्ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । सत्रु परास्त भएर जानेछन् भने प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् । तपाईको ब्याक्तित्वको सबैतिर चर्चा हुनेछ भने वनभोज तथा मांगलिक सभा समारोभमा सहभागि भई मिठा मिठा परिकार ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

सिहं (मा, मी, मू , मे, मो, टा, टी, टू ,टे) साताको शुरु आईतबारको समय राम्रो भएकोले नयाँ नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुने योग रहेको छ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । पढाई लेखाईमा अरुलाई पछि पारि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सोमबार देखि समय परिवर्तन भई तपाईको पक्षमा नहुने हुनालेआम्दानि भन्दा खर्च बढ्ने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले पिरोल्ने तथा उपचार खर्च बढेर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । कामहरु समयमा सम्पादन नहुने तथा व्यापार व्यावसायमा नाफा कमाउँन निकै संघर्ष गर्नु पर्नेछ भने सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच अनाबस्यक बिषयमा बिवाद सिर्जना हुनेछ । साताको अन्तमा बैदेशिक लगानिबाट सञ्चालित सस्थाबाट आर्थिक लाभ हुने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेको छ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) साताको पहिलो दिन अर्थात आईतबार समाजसेवी तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउन सक्नेछन् । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । सोमबार देखि समय तपाईको पक्षमा नहुने हुनालेसामाजिक कामको सिलसिलामा ब्यास्त हुने समय रहेको भएपनि प्रतिफल शुन्य जस्तै हुनेछ । सामाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुको आलोचना खप्नु पर्नेछ । व्यापार व्यावसायमा प्रसस्त समय खर्चिय पनि भने जस्तो आम्दानि नहुने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । खानपानमा ध्यान नदिय स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

तुला ( रा, री रु, रे, रो, ता, ती, तू ,ते) समय राम्रो रहेकोछ । शैक्षिक तथा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । परम्परा धर्म सस्कृति तथा रितिरिवाज जोगाउन आवाज बुलन्द गर्ने कार्य हुनेछ । शैक्षिक क्षेत्र तथा व्यापार व्यावसायमा लगानि बढाई प्रशस्त आम्दानि गर्न सकिनेछ । बनभोज तथा कुनै मांगलिक कार्यमा सहभागि भई स्वादिष्ट भोजनका .साथ दिनलाई रंगिन बनाउँन सकिनेछ । प्रशासनिक तथा सरकारि क्षेत्रमा तपाईकै बर्चश्व रहनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुनालेमान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । निर्णायक पदमा हुनुहुन्छ भने तपाईबाट गरिने निर्णयहरु समाजका पक्षमा हुनेछन् । योजनाहरु चुश्तरुपमा अगाडि बढ्नेछन् भने चुनौतिहरुका पर्खालहरु आफै ढल्नेछन् । नयाँ काम पाउँने तथा बढुवा हुने योग रहेको छ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ ।

बृश्चिक (तो, ना, नी, नू ,ने, नो, या,यी, यू) हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । साथिभाई हरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । समस्याका खाडलहरु पुर्नको लागि अथक प्रयास गर्नुपर्नेछ । संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि भने सुरक्षित रहनेछ । बिहिबार बिहानबाट समय तपाईकै पक्षमा आउँने हुनालेपढाई लेखाई अरु दिन भन्दा सुध्रिएर जाने हुनालेनतिजा तपाईकै पोल्टोमा पर्नेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । भाग्यले साथ दिने हुदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । सामाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ ।

धनु (ये, यो, भा, भी, भू , ध, फा, ढा, भे) बादबिवाद तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् भने सामाजिम काम गरि अरुको मन जित्न सकिनेछ । अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । पढाई लेखाईमा ध्यान जानुका साथै खोज मुलक क्षेत्रमा रुचि बढ्नेछ । साथिभाई तथा आफन्तजनबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ भने शुभ तथा मांगलिक कार्यमा सहभागि भई मिठा मिठा परिकार ग्रहण गर्ने अवसर जुर्नेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । व्यापार बिस्तारको सवालमा ब्यापारिक तथा पारिवारिक यात्राको तय हुनेछ भने साझेदारि व्यावसायमा प्रशस्त नाफा कमाउन सकिनेछ । बिहिबार बिहान देखि समय परिवर्तन हुने भएकोले कार्यक्षेत्रमा प्रसस्त समय दियपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ भने आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुदा मानशिक तनाब बढ्नेछ । व्यापार व्यावसायमा नाफा कमाउन बढीनै समय दिनु पर्नेछ भने नयाँ काम तत्काल शुरु नगर्नुहोला ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू,खे, खो, गा, गी) साताको शुरु आईतबार पढाई लेखाईमा ध्यान जानुका साथै खोज मुलक क्षेत्रमा रुचि बढ्नेछ । साथिभाई तथा आफन्तजनबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ भने शुभ तथा मांगलिक कार्यमा सहभागि भई मिठा मिठा परिकार ग्रहण गर्ने अवसर जुर्नेछ । सोमबारदेखि समय मध्ययम रहेकोले बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु हावि हुनालेनतिजा उनिहरुकै पोल्टोमा जान सक्छ । व्यावसायमा नाफा कमाउँन बढिनै संघर्ष गर्नुपर्नेछ भने लगानि बढाउँन केहि समय कुर्नु उपयुक्त हुनेछ । माया प्रेममा बिगतका यादहरुले सताउँने हुदा दैनिक काम गर्न मन जानेछैन । स्वास्थ्यमा सामान्य समस्या बढ्न सक्छ खानपानमा ध्यान दिनुहोला । घर परिवारमा दैनिक आउँने समस्याले सताउने हुदा मानशिक तनाब बढेर जानेछ । माया प्रेममा आफुले माया गरेको मान्छेसँग मनमुटाब बढ्ने छ भने दाम्पत्य जीवनमा सामान्य घटपटको योग रहेको छ । ऋण, रोग तथा संकटको सामना गर्नुपर्नेछ । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला ।

कुम्भ (गू , गे , गो, सा, सी, सू , से, सो, दा) समय उत्तम रहेकोले सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुनालेनयाँ कुराहरु पत्ता लगाउँन सकिनेछ । माया प्रेममा आफ्नो मायालुसँग दिनभरु सँगै रहेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा सहकारि क्षेत्रलाई समय सापेक्ष परिमार्जन गरि भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । सन्तान तथा छोराछोरिको प्रगतिमा रमाउँने समय रहेकोछ भने आफन्तले उत्साहजनक समर्थन गर्नेछन् । कुनै पनि क्षेत्रमा हुने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने अदालत तथा न्यायिक निकायबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले आज बिपक्षीहरुलाई सजिलै हरायर समाजमा आफ्नो प्रभुत्व जमाउँन सकिनेछ । व्यापारमा प्रशस्त लगानि बढाउन सकिने हुदा आम्दानिका स्रोतहरु फराकिला हुनेछन् ।

मीन (दी दू थ झ ञ दे दो, चा ची) दाजुभाई तथा छिमेकिसँग नयाँ कामको सम्झौता हुने तथा सम्झौता अनुसार काम भए तपाईलाई प्रसस्त फाईदा हुनेछ । साथिभाई तथा आफन्तका साथ आन्तरिक यात्राको तय हुनेछ । पराक्रम बढ्ने हुनाले आटिलो तथा शाहसिलो काम गर्न जोस जागर बढेर जानेछ । सोमबार तथा मंगलबार समय तपाईको पक्षमा नभएकोले राजनिति तथा समाजसेवामा जनताको मन जित्न राम्रा काम गर्दा गर्दै पनि बिपक्षीहरुले अनाबस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् ख्याल गर्नुहोला । आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने अरु व्यावसायमा नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । बुधबार बाट समय पुनह तपाईकै पक्षमा आउँने भएकोले बिद्या तथा प्रतिश्पर्धामा पर्तिपर्धिहरुलाई हराउँदै नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । बौद्धिक तथा प्राज्ञिक ब्यात्तित्वहरुको भेटघाटमा शैक्षिक गुणस्तर स्तर उन्नती गर्ने बिषयमा गहन छलफल हुनेछ । आत्मिय मित्र तथा आफ्नो प्रिय पात्रबाट प्रशस्त आर्थिक सहयोग प्राप्त गर्न सकिने हुनालेमन प्रशन्न रहनेछ ।

तपाईको दिन शुभ रहोस ।

१२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया