आइतबार १७ साउन २०७८

देउवा प्रधानमन्त्री हुँदा कांग्रेस भित्रै ‘सल्कियो आगो’, केन्द्रीय कार्यालयमा नै अनशन !

नेपाली कांग्रेसको क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै पार्टी केन्द्रीय कार्यालयमा आमरण अनशन शुरु गरिएको छ ।

नेपाली कांग्रेसका नेता एवम् संविधानसभा सदस्य डा चन्द्रमोहन यादवको नेतृत्वमा रामपल्टन शाह,

दिनेश नायक लगायतले धनुषा क्षेत्र नं १, क्षेत्र नं ४, सिरहा र सप्तरीको क्रियाशील सदस्यतामा विवाद भएको जनाउँदै आज बिहान ११ः३०

बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन शुरु गर्नुभएको हो ।

पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरीत नयाँ क्रियाशील सदस्यता वितरण गरेको,

कांग्रेस जिल्ला कार्यसमितिको संस्थागत निर्णयलाई कार्यान्वयन नगरेको उल्लेख गर्दै आफूहरु आमरण अनशनमा बस्न बाध्य भएको डा यादवले राससलाई जानकारी दिनुभयो ।

आफूले राखेका माग सम्बोधन नभएसम्म अनशन जारी राख्ने उहाँको भनाइ छ ।

काठमाडौं।

tajapostnp

५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया