Monday, January 25

बाबुराम भट्टराईले यस्तो आरोप लगाएपछि प्रचण्ड तनावमा

August 4, 2020 272

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले आफ्ना पूर्वसहयात्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीका अगाडी झुकेको आरोप लगाएका छन् । उनले प्रचण्डको हर्कत देख्दा जनयुद्धको नायक नै हुन् कि होइनन भन्नेमा शंका लागेको बताएका छन् ।

भट्टराईले ओलीको अडानसामु प्रचण्ड निरीह भएको दाबी गर्दे भट्टराईले त्यसलाई ‘पानीआन्द्रे हर्कत’को संज्ञा दिएका छन् । प्रचण्डले प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा आलीलाई स्वेच्छाले पद छोडेर निकास दिन आग्रह गरेको समाचार बाहिर आएपछि भट्टराईको यस्तो अभिव्यक्ति आएको हो ।

डा.भट्टराईले प्रचण्डको निरीहताले उनी जनयुद्धको नायक हुन् भन्नेमा समेत शंका लाग्न थालेका बताएका छन् ।

उनले लेखेका छन्:[][]

‘पद स्वेच्छाले छाडेर निकास दिन आग्रह रे ! भोलि ओलीका चरणमा धुपबत्ती गर्ने हो कि १ ओली बरू आफ्नो निरंकुशर फासिष्ट सोच र अडानमा दृढ देखिए’ भट्टराईले हालै ट्विट गर्दै भनेका छन्, ‘लुई चौधौंले आइ एम द स्टेट भने झैं ओली हाकाहाकी आइ एम द पार्टी भनिरका छन् । तर, प्रचण्डको पानीआन्द्रे हर्कत देख्दा यी जनयुद्धकै नायक हुन् त रु शंकै लाग्यो !’

प्रतिकृया दिनुहोस्