शुक्रबार १५ साउन २०७८

काठमाडौं । वैदेशिक रोजगारीका लागि अन्य मुलुक जानेहरुले जोनसनको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोनसन एण्ड जोनसनको खोप अनिवार्य गरेका मुलुकहरुमा जाने नागरिकलाई खोप उपलब्ध गराउने जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै उनीहरुका लागि कोभिड–१९ विरुद्धको जोनसेको खोप दिने जनाएको हो । त्यसका लागि आवश्यक कागजात लिएर आउन पनि मन्त्रालयले भनेको छ ।

जोनसन खोप अनिवार्य गरेका मुलुकहरुमा जान लागेका व्यक्तिहरुलाई आवश्यक कागजात (पासपोर्ट र भिसा) का आधारमा खोप दिइने मन्त्रालयले जनाएको छ । अमेरिकाले नेपाललाई दिएको १५ लाख डोज जोनसन एण्ड जोनसनको जोनसेन खोप सोमवारदेखि ५० देखि ५५ वर्ष उमेर समूहका नागरिक, ‘क’ र ‘ख’ वर्गका अपांगता भएका नागरिक स्वास्थ्यकर्मी तथा हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई दिइँदैछ ।

सोमवार देखि भने जोनसोनको खोप अनिवार्य गरेका मुलुक जान लागेका नागरिकलाई पनि खोप दिइने मन्त्रालयले जनाएको छ । काठमाडौंमा ४४ केन्द्रबाट यो खोप दिइँदैछ ।

etajakhabar

४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया