बिहिबार १४ साउन २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसवाट अब एमालेलाई खतरा भएकाले प्रतिवादका लागि तयार रहन पार्टी पंक्तिलाई आग्रह गरेका छन् । कांग्रेसको विगत नै एमाले माथि ह’मला गर्ने भएकाले अब पनि त्यो शिलसिला सुरु हुने उनको भनाई छ ।

केन्द्रीय कमिटीको दशौं बैठकलाई सोमबार तुलसीलाल प्रतिष्ठान च्यासलमा सम्बोधन गर्दै ओलीले पार्टी पंक्तिलाई शसक्त प्रतिकारका लागि तयार रहन आह्वान गरेका छन् । उनले त्यसको लक्षण आफुले पाइसकेको समेत बताएका छन् । माओवादी केन्द्रले समेत अब एमालेलाई जसरी पनि समाप्त पार्ने रणनीति लिएका कारण एमालेका लागि जोखिम बढेको उनको निष्कर्ष थियो ।

कांग्रेस सत्तामा पुगेपछि जहिले पनि एमाले माथि ह’मला सुरु हुने भएकाले अब पनि सत्ताको दुरुपयोग गरेर एमालेमाथि ह’मला शुरू गर्ने उनको भनाई थियो । हाम्रो पंक्तिमाथि हुने सम्भाव्य आ’क्र’म’ण र ष’ड्यन्त्रको अनुमान गरेका छौं उनले भने, त्यसैले हामी सचेत र सशक्त प्रतिवादको लागि बस्नुपर्छ ।’ देउवाले २०४८ सालदेखि नै एमालेमाथि दमनकारी नीति लिएको भन्दै उनले शसक्त प्रतिकारका लागि तयारी अवस्थामा रहन आग्रह गरेका छन् । सबैलाई याद होस् ।’

त्यस्तै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष भीम रावलले हतारिएर सांसद पदबाट राजीनामा दिएको भन्दै फिर्ता लिनुपर्ने बताएका छन् । केन्द्रीय कमिटीको बैठकमा रावलको राजिनामाबारे चर्चा गर्दै अध्यक्ष ओलीले माधव नेपालले १० बुँदे सहमति पालना नगर्ने र देउवालाई विश्वासको मत नदिई नछाड्ने भएपछि रावलले राजीनामा दिए पनि त्यो आवश्यक नरहेको बताए ।

ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । च्यासलमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावलले हतारमा राजीनामा दिएको बताए । ‘हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने । अझै पनि ​सकिन्छ भने राजीनामा फिर्ता लिनुस्’, ओलीले भने । पार्टी एकता जोगाउन आग्रह गर्दा माधव नेपालले हप्काएर पठाएपछि रावलले सांसद पदबाट राजीनामा दिएको अध्यक्ष ओलीले बताए ।

त्यस्तै ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘गद्दार’ भएको आरोप लगाएका छन्। सोमबार सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले नेपाललाई ‘कम्युनिस्ट आन्दोलनकै गद्दार भएको’ आरोप लगाए। उनले नेपाललाई अब एमालेमा कुनै ठाउँ नभएको घोषणासमेत गरेका छन्।

‘माधव नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार हुन्, एमालेमा उनलाई ठाउँ छैन’, सम्बोधनका क्रममा नेपालप्रति आक्रोशित ओलीले भने, ‘कोही साथीहरु गल्ती स्वीकार गरेर, सच्चिएर आउनुहुन्छ भने स्वागत छ, तर माधव नेपाललाई त्यो ठाउँ छैन।’

आइतबार प्रतिनिधि सभामा एमालेका २२ जना सांसदले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। २२ जनामा धेरैजसो नेपालपक्षका थिए भने केही ओलीपक्षकै सांसद थिए। आइतबारको घटनालाई ओलीले ‘चरम अनैतिक’ भएको टिप्पणी गरे। ओलीले उनीहरुलाई पार्टीले कारबाही गर्ने संकेत गरे। ‘पार्टीप्रति गद्दारी गर्नेहरुलाई कारबाही नगर्ने हो भने एमाले पार्टी अब पार्टी नै रहन्न’, उनले भने।

 

etajakhabar

५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया