बिहिबार १४ साउन २०७८

काठमाडौं । बलिउड अभिनेत्री दिया मिर्जा बिहेको पाँच महिनामै आमा बनेकी छिन् । उनले छोरा पाएकी हुन् । दियाले इन्स्टाग्राममार्फत यो जानकारी दिएकी हुन् । दियालाई सामाजिक संजालमा बधाईको ओइरो लागेको छ । छोराको नाम अव्इान आजाद रेखी राखिएको छ । समयभन्दा पहिले नै जन्म भएकाले कयौं नर्स र चिकित्सकले नवजात आईसीयूमा शिशूको उपचार भइरहेको छ ।

उनलाई गर्भवती भएका बेलामा अचानक ए’पेन्डे’क्टोमी भएको थियो । पछि गम्भीर ब्या’क्टेरि’यल इ’न्फेक्सन भएपछि खतरा हुने देखेर समयअघि नै शल्यक्रिया गरी बच्चालाई निकालिएको हो । दियाले छिट्टै उनको छोरो घर जाने पनि लेखेकी छिन् । दिया र उनका पति वैभव रेखीबीच सन् २०२१ को फेब्रुअरी १५ मा बिहे भएको थियो । दियाका यो दोस्रो बिहे हो । बिहेका समयमा उनी गर्भवती थिइन् ।

दियाले साहिल संघासँग ११ वर्ष लामो वैवाहिक सम्बन्ध सन् २०१९ मा तोडेकी थिइन् । सन् १९८१ डिसेम्बरमा जन्मिएकी १.६८ मिटर अग्ली दियाले सन् २००० देखि २०२० सम्म थुप्रै फिल्म खेलेकी छिन् । उनले थ’प्पड, सन्जु, बबी जाजुस, हंगामे पे हंगामा, जिन्दगी तेरे नाम, लभ बे्रक्सअप जिन्दगी, हम तुम और घोष्ट, कौन बोला ?, कुर्बान, लगेरहो मुन्नाभाइ, तुम्को न भुल पाएंगे, दिवानापन, दम, प्राण जाए पर शान न जाये लगायतका दर्जनौं फिल्म खेलिन् ।

etajakhabar

६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया