आइतबार १७ साउन २०७८

इजिप्टका महिला यौ’ ‘नहिं’सा’बा’रे गरिने ‘तैँ चुप मै चुप’ को परम्परा तोडिरहेका छन् र वैवाहिक जीवनमा हुने कर णीमाथि खुलेर आफ्नो कुरा राखिरहेका छन् । यो एउटा यस्तो मुद्दा हो जसबारे इजिप्टमा कमै कुरा हुने गर्छ । ३४ वर्षकी सफाको विवाह भएकै दिन उनका श्रीमानले उनलाई कर णी गरे । उक्त घटनामा उनको गु’प्ता’ङ्ग, नाडी र अनुहारमा चो’ट लाग्यो ।

उनी भन्छिन्, ‘म महिनावारी भइरहेकी थिएँ र म स’म्ब’न्धका लागि तयार थिइनँ । मेरा श्रीमानलाई लाग्यो कि म उनीसँग स’म्ब’न्ध स्थापित नगर्न बहाना बनाइरहेकी छु । उनले ममाथि जाइलागे, मेरो हात बाँ’धि’दि’एँ, मेरो मु’ख द’बा’ए र कर णी गरे ।’ सामाजिक बदनामीको ड रले सफाले आफ्ना श्रीमानविरुद्ध मुद्दा दर्ता गरिनन् । इजिप्टको समाज पितृसत्तात्मक छ र त्यहाँ पीडित महिलामाथि नै आरोप लगाइने संस्कृति छ ।

सफालाई त्यतिबेला यसविरुद्ध आवाज उठाउनुपर्छ जस्तो लाग्यो जब उनले टिभीमा प्रसारित धारावाहिक न्यूटन्स क्रेडलको एउटा दृश्य देखिन् । यसमा एक श्रीमानले आफ्नी श्रीमतीलाई कर णी गरिरहेको देखाइएको थियो । यो दृश्य देखेर ती महिलालाई आफूमाथि भएको उत्पीडनको याद ताजा भयो । यसले उनलाई यसबारे सोसल मिडियामा खुल्ला रुपमा कुरा गर्न र आफ्नो अनुभव साझा गर्ने मौका पनि दियो ।

केही हप्ताभित्रै सयौं महिलाले सोसल मिडियामा आफूमाथि भएको अ’त्याचारबारे लेखे । फेसबुकमा स्पीक अप नामबाट बनाइएको एउटा पेजमा सात सयभन्दा बढी महिलाले आफ्नो कुरा राखे । यीमध्ये २७ वर्षकी साना पनि थिइन् ।

‘विवाहको एक वर्षपछि म गर्भवती भएँ र मेरो सुत्केरी हुने समय नजिकिँदै थियो ।’साना लेख्छिन्, ‘एउटा निकै साधारण कुरामा हामीबीच झ’ग’डा भयो र उनले मलाई सजाय दिने निश्चित थरे । उनले ममाथि कर णी गरे । मेरो ग’र्भप’तन भयो ।’ सानाले स’म्बन्ध’वि’च्छेदको लडाईं एक्लै ल’डि’न् । अब उनी आफ्ना श्रीमानसँग होइन, एक्लै बस्छिन् । उनी आज पनि आफ्नो बच्चालाई सम्झेर रुन्छिन् ।

इजिप्टका थुप्रै इलाकामा श्रीमतीमाथि ज’ब’र’ज’स्ती स’म्ब’न्ध स्थापित गर्नु, विशेषगरी विवाह भएको दिन, एउटा प्रचलित सामाजिक कु’सं’स्कार हो ।यो मुद्दामाथि बहस त्यतिबेला थप ती’ब्र भयो जब एक चर्चित गायककी पूर्व श्रीमतीले इन्स्टाग्राममा आफ्नो अनुभव साझा गरिन् ।

उनले रुँदै आफ्नो वैवाहिक जीवनमा भएको कर णी कहानी सुनाइन् । यो भिडियो इजिप्टमा भाइरल भयो । यसबारे मिडियामा पनि लेख प्रकाशित भयो । श्रीमानले यसको जवाफमा इन्स्टाग्राममा नै एउटा भिडियो पोस्ट गरेर सबै आरोपलाई आधारहीन बताउँदै यसलाई खारेज गरिदिए । उनकी श्रीमतीले यसलाई अ’परा’ध घोषणा गर्नुपर्ने बताउँदै यसका लागि कानूनमा परिवर्तनको माग गरेकी छिन् । बिबिसी

६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया