आइतबार १७ साउन २०७८

काठमाडौं, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले वर्तमान परिस्थितिमा राजनीतिक किन यति कमजोर भयो भनेर आफ्नो मनमा गम्भीर प्रश्न उठिरहेको सुनाएका छन् । सामाजिक सञ्जाल फेशबुकमा लामो स्टाटस लेख्दै शर्माले यस्तो कुरा उठाएका हुन् । किन यस्तो भन्नेबारे सोच्दै जाँदा यस्तो हुनुको पछाडि परिवर्तनको मर्म अनुरुप राज्यका संरचनाहरुको पुनर्संरचना लोकतन्त्रको सुदृढीकरण गर्ने कार्यले भन्दा सत्ता स्वार्थ व्यक्तिगत फाइदाको गलत मार्गमा नेतृत्व लाग्नुबाट राजनैतिक मूल्य र आदर्श स्खलित हुन पुगेको र नेतृत्वको वरिपरि आलोचनात्मक चेत हराएकाहरुको बाहुल्यता बढदै जानु पनि अर्को कारण भएको शर्माको भनाई छ ।

यो पनि:

अन्ततः सबै तपाईकै हातमा छ भन्दै माधव नेपालले राखे ओलीलाई यस्तो प्रस्ताव

अन्ततः सबै तपाईकै हातमा छ भन्दै माधव नेपालले राखे ओलीलाई यस्तो प्रस्ताव
FacebookTwitterPrintEmailMore
काठमाडौँ — एमालेको माधवकुमार नेपाल समूहका नेताहरुले पार्टीलाई एकताबद्ध बनाउने निर्णायक भूमिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै भएको बताएका छन् ।

पछिल्लो परिस्थिति र पार्टीभित्रको आगामी भूमिकालगायत विषयमा छलफल गर्न नेपाल समूहले बानेश्वरको एक होटलमा भेलामा उपस्थित केन्द्रीय सदस्यहरुले पछिल्लो परिस्थितिमा पार्टीलाई एकताबद्ध बनाउने निर्णायक भूमिका ओलीकै भएको धारणा राखेको नेता रघुजी पन्तले बताए ।

बैठकपछि नेता रघुजी पन्तले हिजोका कुराहरुलाई बिर्सेर पार्टीलाई बलियो बनाउँदै एकताबद्ध बनाएर अगाडि बढाउने निर्णय गरेको जानकारी दिए । तर त्यसका लागि निर्णायक भुमिका अध्यक्ष केपी ओलीको हुने भएकाले त्यसतर्फ सचेत गराइने पन्तको भनाइ छ ।

अब पार्टी अध्यक्ष केपी ओलीले विभिन्न कमिटीहरुको बैठक बोलाउनु होला । पार्टीलाई एकताबद्ध बनाउने कुरामा फेरि पनि निर्णायक भूमिका उहाँकै हुन्छ भन्ने साथीहरुको धारणा छ,’ पन्तले भने ।

विगतका सबै कुराहरुलाई बिर्सनु पर्ने निष्कर्ष पनि भेलाले निकालेको छ । ‘हिजोका कतिपय कुरालाई हामीले बिर्सनु पर्छ । संसद् विघटनपछि उत्पन्न भएको परिस्थितिमा आआफ्ना राय विचार व्यक्त गर्ने कुराहरु भए । त्यो विगत भइसक्यो,’ पन्तले भने ।

एमालेभित्र अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीविरुद्ध संघर्ष गर्ने भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छोडेका नेता नेपालले केन्द्रीय सदस्यको भेला गरेका हुन् । प्रतिनिधिसभा विघटनपछि विभाजित भएको नेकपाका नेताहरु एमाले र माओवादी पार्टी अस्तित्वमा आएपछि नेपालले केन्द्रीय सदस्यको भेला पहिलो पटक गरेका हुन् ।

माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल कांग्रेस र जसपासँग सत्ता समीकरणको विषयमा छलफल गर्दैगर्दा नेता नेपालले गरेको छलफललाई महत्वका साथ हेरिएको छ ।

छलफलमा पार्टी एकता, जनताको हितलाई सर्वोपरी राखेर काम गर्नुपर्नेमा नेताहरुले जोड दिएका छन् । सर्वोच्च अदालतको फैसलापछि पार्टी कार्यालयमा जाने अधिकार सबैको भएको र केन्द्रीय समितिसँगै सम्पूर्ण कमिटी पुनस्र्थापित भएको उनको भनाइ छ । धनगढीमा बुधबार भएको घटनाप्रति लक्षित गर्दै नेता पन्तले यो बताएका हुन् ।

‘आफ्नो पार्टीमा जाने अधिकार सबैलाई छ’, उनले भने, ‘केन्द्रीय कमिटी मात्र होइन एकता अगाडिका सम्पूर्ण कमिटीलाई पुनस्र्थापना गरेको हो ।’

२४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया