आइतबार १७ साउन २०७८

शिवपुराण अनुसार भगवान विष्णुले पुरै जगतको सुख र कामना पुरा गर्नको लागि भगवान विश्वकर्मालाई फरक–फरक प्रकारका शिवलिंग बनाएर देवता बनाउन आदेश दिएका थिए ।

विश्वकर्माले अलग–अलग पदार्थ वा धातुबाट शिवलिंग बनाए । मिश्री, जौ, चामल, गुण, फलफुल, माटो, दही, मख्खन, मणी, मुंगा, नाग, रत्न, चन्दन र स्फटिकबाट शिवलिंग बनाएका थिए ।

सबै शिवलिंगको नाम फरक–फरक राखेर सबैको प्रभाव पनि अलग्गै बनाइदिए । शिवलिंग बनाएप्छि सबैको श्रेणी छुट्टियो । जस्तै देवलिंग, असुरलिंग, अर्बलिंग, पुराणलिंग, मनुष्यलिंग र स्वयंभुलिंग ।

मिश्री शिवलिंग: चिनी वा मिश्रीबाट बनेको शिवलिंगलाई मिश्री शिवलिंग भनिन्छ । यसलाई पुजा गरेमा रोगको नाश भई पीडाबाट मुक्ति पाइन्छ । यदि तपाईको परिवारमा कसैलाई कुनै प्रकारको रोग भएमा दैनिक मिश्रीबाट बनेको लिंगमा विधिवत पुजा गरेमा रोगबाट मुक्त हुन सकिन्छ । शिवलिंगलाई बनाउने विधि, पुजा विधि र मन्त्रको राम्रो जानकारी लिएर विधिगतरुपमा पुजा गर्नुृपर्छ । एजेन्सी

८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया