शुक्रबार १५ साउन २०७८

काठमाडौं। नेपाली कांग्रेस नेत्री सुजाता कोइरालाले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर आफूलाई उपप्रधानमन्त्री दिन आग्रह गरेकी छिन्।

सभापति देउवाले बिहीवार आफूनिकट नेताहरूलाई सुजातालाई उपप्रधानमन्त्री चाहिएको चर्चा गरेका थिए। हाम्रा सबै नेतालाई मन्त्री चाहिएको छ, गठबन्धनको भागबण्डा छँदैछ ।

सुजातालाई पनि उपप्रधानमन्त्री चाहियो रे,’ देउवाको भनाइ उदृत गर्दै उनीनिकट एक नेताले भने। कांग्रेसको आसन्न १४ औं महाधिवेशनबाट सभापति हुने आकांक्षा पालेर बसेका देउवालाई आफ्नै पार्टीभित्रका नेताहरू मिलाउन सकस छ।

उनले आफूलाई सहयोग गर्नेलाई मन्त्री बनाउने तयारी गरेका छन् । यता महाधिवेशनमा कोइराला परिवारको छुट्टै प्यानल बन्ने सम्भावना देखेका देउवाले सुजातालाई उपप्रधानमन्त्री बनाउन अनिच्छा प्रकट गरेका छन्।

आजै महामन्त्री शशांक कोइरालानिवास महाराजगंजमा शशांकसहित शेखर कोइराला र सुजाता कोइरालाको लन्च मिटिङ भएको थियो।

कांग्रेसको नेतृत्व कोइराला परिवारमै फर्काउने उनीहरूको तयारी देखिन्छ । देउवा भने आफूविरुद्ध बनेका गठबन्धनहरूप्रति ‘फायर’ छन्।

manjarionline

५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया