बिहिबार १४ साउन २०७८

काठमान्डौं ।

एउटा नेपाली उखान छ, सबैले बलेको आगो ताप्छन्, आगो निभेपछि टाप्छन् । केही दिनअघि केपी शर्मा ओली शक्तिमा रहदा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले ओलीकै साथमा छु भन्दैँ पटकपटक बालुवाटार नै पुगेर एमालेको बैठकमा सहभागी भएका थिए । तर पदबाट हटेपछि नेता गौतमले ओलीमाथि आक्रोश पोखेका छन्

गौतम आफ्नै पार्टीको सरकार ढाल्न मेनरोल खेल्ने वरिष्ठ नेता माधव कुमार नेपालको खुलेरै साथमा उभिएका छन् । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालप्रति गरेको टिप्पणी गलत रहेको बताएका छन् ।

बुधबार नेता नेपालसँग कोटेश्वरमा भएको भेटका क्रममा उपाध्यक्ष गौतमले अध्यक्ष ओलीको टिप्पणी आपत्तिजनक रहेको र ओलीले माफी माग्नुपर्ने बताएका हुन् । गौतमको सचिवालयका अनुसार यसका लागि ओलीले माफी मागेर टिप्पणी फिर्ता लिनुपर्ने गौतमको प्रतिक्रिया थियो ।

गौतमले आफू अहिले पानि पार्टी एकताकै पक्षमा रहेको भन्दै यस्ता अभिव्यक्तिले पार्टी एकतालाई खल्बल्याउने बताए । ’आफू अहिले पनि वृहद् वाम एकताकै पक्षमा रहेका बेला यस्ता अभिव्यक्तिले एकतालाई भाँड्ने र अन्तरकलहको स्थिति पैदा गर्छ,’ वामदेवलाई उद्धृत गर्दै स्रोतले भन्यो,

’पार्टीमा म नै सर्वेसर्वा हुँ भन्ने प्रवृत्तिले कम्युनिस्ट आन्दोलनको औचित्य नै प्रभावित हुन सक्छ।

khabar.enewsnepali

 

१३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया