आइतबार १७ साउन २०७८

काठमाडौ । नेकपा एमालेको स्थायी कमिटी बैठकले नेकपा एमालेले पार्टी एकता गर्न बनेको १० सदस्यीय कार्यदल भंग गरेको छ । बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल सहित उनका पक्षका कुनै पनि नेता सहभागी भएनन् । वैठक सार्न आग्रह लिएर गएका कार्यदल संयोजक भिम रावल सहितको नेताहरुको माग सुनुवाई नभएपछि बैठकमा सहभागी नभएर बाहिरिएका थिए ।

नेपाल पक्ष बाहेक बसेको स्थायी कमिटी बैठकले पार्टी एकता कायम गर्न गठित १० सदस्यीय कार्यदल भंग गर्दै सो समितिले तयार पारेको १० बुँदै सहमति भने अनुमोदन गरेको छ ।

शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सहमति ग्रहणसहित कार्यदललाई धन्यवाद दिँदै कार्यदल भंग गरेको हो । स्थायी कमिटी बैठक पछि अब स्थायी समितिको बैठक समेत बस्ने भएको छ ।

शुक्रबार बसेको स्थायी समितिको बैठकको निर्णयबारे जानकारी दिने क्रममा प्रवक्ता प्रदीप ज्ञवालीले आज बस्ने भनिएको संसदीय दलको बैठक निर्धारित समयमै हुने जानकारी दिए ।

etajakhabar

९ पटक हेरिएको

तपाईको प्रतिक्रिया