शुक्रबार १५ साउन २०७८

मेस्सी र बार्सिलोनाबीच पाँच वर्षको नयाँ सम्झौता हुँदै

काठमाडौं । अर्जेन्टिनाका सुपर स्टार फुटबलर लियोनल मेस्सी बार्सिलोनासँग नयाँ सम्झौताका लागि सहमत भएका छन ।

नयाँ सम्झौताका लागि मेस्सी र बार्सिलोनाबीच मौखिक सहमति भईसकेको बताईएको छ । इएसपीएनका अनुसार पाँच वर्षको सम्झौता भएको हो ।

३४ बर्षे मेस्सीले बार्सिलोनासँग हाल पाउँदै आएको तलवमा ५० प्रतिशत कटौती गरेर नयाँ सम्झौताका लागि राजि भएका हुन ।

क्लबको एकेडेमीमा हुर्किएका मेस्सीले बार्सिलोना बाहेक अन्य क्लबबाट खेलेका छैनन् । मेस्सी जुन ३० बाट फ्री एजेन्ट बनेका थिए ।

मेस्सी क्लबसँगको सम्झौता नवीकरण नगरी कोपा अमेरिका खेल्न अर्जेन्टिना गएका थिए ।उनको कप्तानीमा अर्जेन्टिनाले कोपा समेत जितिसकेका छन् ।

उनलाई क्लवमा भित्र्याउने होडमा रहेको अर्को क्लव पेरीस सेन्ट जर्मेनले आफु होडबाट बाहिरीएको भनेको २४ घण्टामा नै मेस्सी र बार्सिलोना नयाँ सम्झौताको सहमतिमा पुगेका हुन ।

बार्सिलोनाका नयाँ अध्यक्ष जोआन लापोर्टाले मेस्सीलाई क्लबलाई राख्न निकै प्रयत्न गरिरहेका थिए । उनको चुनावी नारा नै मेस्सीलाई क्लबमा राख्ने रहेको थियो ।

मेस्सीले बार्सिलोनाबाट यसअघि बार्षिक ५०० मिलियन युरो भन्दा बढि तलव पाउने गरेका थिए । तर त्यो सम्झौता जुन अन्तिममा सकिएको छ ।

बार्सिलोनामा नै आफ्नो करियर बिताएका मेस्सीको नयाँ सम्झौता पाँच वर्षको भएको खण्डमा उनी यहि क्लवबाट आफ्नो करियरलाई विदाई गर्ने पक्का भएको छ ।

३४ वर्षीय मेस्सीले २००४ मा सिनियर टिममा डेब्यु गरेका थिए । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ९४ खेलमा ६ सय ६८ गोल गरेका छन् ।

यो नि हेर्नु

अस्ट्रेलियाले चार रनले जित्याे वेस्ट इन्डिजसँगकाे चाैथाे टी–२०

असार ३१, काठमाण्डाै। वेस्ट इन्डिजसँगको चौथो टी–२० क्रिकेट अस्ट्रेलियाले चार रनले जितेको छ । डारेन सामी स्टेडियमा अस्ट्रेलियाले दिएको एक सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर एक सय ८५ रन मात्रै बनाउन सक्याे ।

अन्तिम ओभरमा जितका लागि वेस्ट इन्डिजलाई ११ रन चाहिएको थियो तर स्ट्राइकमा रहेका आन्द्रे रसेलले सुरुमा पाँच बलमा कुनै रन जोड्न सकेनन्, अन्तिम बलमा छक्का प्रहार गरे पनि जितका लागि पर्याप्त भएन ।

वेस्ट इन्डिजका लागि लेन्डी सिमोन्सले सर्वाधिक ७२ रन बनाए । अस्ट्रेलियाका मिचेल मार्सले तीन र एडम जाम्पाले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर एक सय ८९ रन बनाएको थियो । उसका लागि मिचेल मार्सले ७५ र कप्तान आरोन फिन्चले ५३ रन बनाए ।

पाँच खेलको शृङ्खला यसअघि नै वेस्ट इन्डिजले जितिसकेको छ । पाँच खेलको टी–२० र तीन खेलको एकदिवसीय शृङ्खला खेल्न अस्ट्रेलिया वेस्ट इन्डिज भ्रमणमा रहेको छ ।

tajapostnp

४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया