आइतबार १७ साउन २०७८

बाटोमा रुपैयाँको बिटो बेवारिसे थियो, यी युवतीले प्रहरीलाई बुझाइदिइन्, को हुन ? यी युवती ?

चौविस बर्षिया सुुनिता कोइराला कामको सिलसिलामा कतै जाँदै थिइन् । उनले एयरपोर्ट मोडको सडकमा केही बस्तु देखिन् । नजिक गएर हेर्दा त्यो पैसाको बिटो थियो । उनी त्यो देखेर अचम्म परिन् । जब उनले त्यो हातमा लिएर हेरिन् त्यो साँच्चैको पैसा नै थियो ।

सुनिताले त्यो रकम गनिन् । त्यहाँ पचास हजार रुपैयाँ थियो । हजार हजारका नोट थिए । उनले त्यो पैसा बोकेर गइन् । नजिकैको प्रहरी चौकीमा पुगेर त्यो पैसा प्रहरीको जिम्मा दिइन् । उनको यो कामको अहिले चारै तिर प्रशंसा भै रहेको छ ।

यो घटना असार ३० गतेको हो । विराटनगर महानगरपालिका वडा नं ४ स्थित एयरपोर्ट मोडको सडकमा सुनिताले ५० हजार रुपैयाँ भेटेकी थिइन् । बुढिगंगा गाउँपालिका वडा नं १ को स्थायी घर भएर सौर्य वचत तथा ऋण सहकारी संस्थामा कार्यरत २४ वर्ष की सुनिता कोईरालाले उक्त रकम वेवारिसे अवस्थामा फेला पारेपछि उनले प्रहरीलाई बुझाएकि हुन् ।

प्रहरीले उक्त रकम जसको हराएको हो उसले प्रमाण सहित जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गर्न अनुरोध गरेको छ । कतै त्यो रकम तपाईको त होइन? हो भने प्रमाणसहित दावी गर्न जानु होला ।

यो पनि हेर्नु

स्मार्ट फोन चलाउनेमा घातक संक्रमण हुन सक्ने !
चितवन। आजकल स्मार्ट फोन नबोक्ने को होला र ? सबैको हात हातमा स्मार्ट फोन हुने गर्दछ । यसले मानिसको व्यक्तित्वमा पनि प्रभाव पार्दछ । प्रविधिको युग भएकाले यसबाट सयौं उपयोगिता पनि पाउन सकिन्छ । तर कतिपय अवस्थामा यसले स्वास्थ्यमा हानी पार्दछ ।

एक अनुसन्धान अनुसार, स्मार्ट फोनले उपयोगकर्ताको स्वास्थ्यलाई नोक्सान पुर्‍याउन सक्छ । अर्थात स्मार्ट फोनको प्रयोग संक्रमणको खानी हुने देखिएको छ । युनिभर्सिटी अफ सुर्रेका विद्यार्थीहरूले गरेको अनुसन्धान अनुसार स्मार्ट फोनमा स्वास, छाला र खानपानसम्बन्धी रोग उत्पन्न गर्ने ब्याक्टेरिया हुन सक्छ ।

युनिभर्सिटीका विद्यार्थीहरूले आफ्ना मोबाइल फोनहरू पेट्री डिसमा ३ दिनसम्म राखेका थिए । यसपछि गरिएको अध्ययनमा डिसमा विकसित ब्याक्टेरियाहरू फोनहरूमा जम्मा भएका थिए । फोनमा विकसित भएका यस्ता ब्याक्टेरियाहरूमा केही हानिकारक समेत थिए ।

आणविक जीवविज्ञानका वरिष्ठ व्याख्याता डा. साइमन पार्कका अनुसार जसरी यौनसम्पर्क, कफ, पानी, खाना आदिको माध्यमले ब्याक्टेरिया फैलिन्छ, त्यसरी नै स्मार्ट फोनबाट समेत फैलिएको ब्याक्टेरियाले उपयोगकर्तालाई संक्रमणमा पार्न सक्छ । विभिन्न एजेन्सीको सहयोगमा

१०० पटक हेरिएको

तपाईको प्रतिक्रिया