बिहिबार १४ साउन २०७८

रामकुमारी झाँक्री शिक्षामन्त्री मन्त्री बन्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपाल समूहलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । नेता नेपालको निवासमा पुगेरै प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुनको लागि आग्रह गरेको स्रोतको दाबी छ ।

नेता नेपालले अहिले सरकारमा सहभागी हुने वा नहुने भन्ने कुरा केही दिनपछि मात्रै भन्न सकिने जवाफ दिएका थिए । आफूहरु एमाले एकताको लागि प्रयासरत रहेकोले तत्काल सरकारमा सहभागी हुने कुरा सम्भव नभएको नेता नेपालको भनाई थियो ।

माधव नेपाल पक्षधर सांसदहरुकै कारण देउवा प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री देउवाले तत्कालै विश्वासको मत लिने तयारीका साथ नेता नेपाललाई सरकारमा पनि आउन आग्रह गरेका हुन् । नेता नेपालले विश्वासको मत भने दिने वचन दिएका छन् ।

नेपाल पक्षधर २३ जना सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउनको लागि सर्वोच्चको रिट निवेदनमा हस्ताक्षर गरेका थिए । स्रोतका अनुसार नेता नेपाल पक्षले आफूलाई विश्वासको मत दिए देउवाले सम्मानजनक रुपमा उक्त पक्षलाई सरकारमा सहभागी गराउने तयारी थालेका छन् । देउवानिकट उच्च स्रोतका अनुसार नेपाल पक्षलाई ८ वटा मन्त्रालय दिनेसम्मको तयारी छ ।

नेपाल समूहवाट योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, घनश्याम भुसाल, भीम रावल, रामकुमारी झाँक्रीलगायत नेताहरु मन्त्री बन्ने पक्का छ। नेपाल समूह सरकारमा सामेल हुन सक्ने एक नेताले जानकारी दिए। एमालेमा कुनै ठाउँ नभएको भन्दै केपी शर्मा ओलीले माधव नेपाललाई एमालेमा स्वीकार गर्न नसक्ने भनेपछि नेपाल समूह अहिले सरकारमा सामेल हुने सङ्केत दिएको छ।

यो पनि हेर्नु

योगेशको चेतावनी: एमाले खारेज गर्न खोज्ने ओली र माधव को हो ?, उहाँहरु नभए पनि चल्छ

नेकपा एमालेका नेता योगेश भट्टराईले केपी शर्मा ओली र माधव नेपाललाई छाडेर भए पनि एमाले एकता गर्ने र बचाउने बताएका छन्। नेता भट्टराईले एमाले ओली र नेपालको मात्र हो र ? भन्दै प्रश्न गरेका छन्। उनले अब एमाले युवा नेताहरुले जोगाउने बताएका छन्।

एक मिडियासँग कुरा गर्दै नेता भट्टराईले एमाले फुटको डिलमा पुग्नुको मुख्य कारण ओली र माधव नेपाल रहेको बताएका छन्। ओली सरकार ढल्नुको मुख्य कारकहरु पनि यी नेताहरु नै रहेको आरोप लगाएका छन्।

नेता भट्टराईले ओली आफ्नो खुशी गर्दा सरकार ढलेको बताएका छन्। ओली आफ्नो अडान नछाड्ने र नेपाल पनि आफ्नो अडानले गर्दा यो अवस्था आएको बताएका छन्। नेता भट्टराईले अब एमाले एकता गर्न ओली र नेपाल आवश्यक नपरेको समेत बताएका छन्।

नेता भट्टराईले ओली वहिर्गमन हनु ओली र नेपालको गल्ति रहेको बताएका छन्। नेपाल र ओली आफ्नो पार्टी एकता जोगाउन नसकेको कारणले गर्दा सरकार ढलेको र पार्टी समेत फुटको डिलमा पुगेको बताएका छन्।

एमाले एकता गर्नको लागि अब ओली र नेपालवीच सहमति हुनु आवश्यक रहेको उनले बताएका छन्। उनले अब सयौं कार्यकर्ताहरुलाई खुशी बनाउनको लागि एमाले एकता गर्नुपर्ने दावी गरे। नेपाली जनताको भरोसाको केन्द्र रहेको एमाले अब चाडै एक हुने दावी गरे।

tajapostnp

७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया