शुक्रबार १५ साउन २०७८

एजेन्सी – अदक्षिण फ्रिकामा बिगत केही दिनयता हिं’सा र लु टपाट भइरहेको छ। अदालतले पूर्वराष्ट्रपति ज्याकोब जुमालाई १५ महिना जेल हाल्ने फैसला भएपछि दक्षिण अफ्रिकामा उनका समर्थकहरूले हिं’सा भड्काएका हुन्।भ्र’ष्टाचार मुद्दामा अदालतले बोलाउँदा नआएका जुमालाई मानहानीमा १५ महिना जेल सजाय तोकिएपछि उनले गत बुधबार प्रहरीसमक्ष आ’त्मसमर्पण गरेका थिए।

यस घटना भने मंगलबार दिउँसोको हो। डर्बानको सिटी सेन्टरमा लु’टेराहरूले आ’गो लगाएका थिए। त्यति बेला नालेडी मान्योनी १६ औं तलामा थिइन्। ग्राउन्ड फ्लोरमा सामान लु टेर आगो लगाएपछि धुँवा फैलिएको थियो। लिफ्टले काम गर्न छोडेपछि छोरी बोकेर उनी तल झरिन्। ग्राउन्ड फ्लोरमा निस्कन नसकिने भएपछि उनले सडकमा हिँडिरहेका मानिसहरूसँग सहयोग मागिन्।

केही संख्यामा मानिस उनलाई सहयोग गर्न भनेर आए। अर्को महिना दुई वर्ष पुग्न लागेकी छोरीलाई उनले तिनै अपरिचितको भरमा माथिबाट खसालिदिइन्।उनले छोरीलाई फालेको भिडिओ बिबिसीका फोटोग्राफरले खिचेका थिए।

‘ छोरीलाई कसरी बचाउन सक्छुमात्रै सोचें,’ मान्योनीले बिबिसीसँग भनेकी छन्,‘छोरी रोइरहेकी थिई।”मैले सोचें कि मैले मेरो बच्चा जसरि पनि जी’वित छ भनेर शुनिश्चित गर्नु थियो,” उनले भनिन्।

मैले तल हेरें। त्यतिबेला मैले गर्न सक्ने भनेकै सडकमा भएका ती अपरिचितलाई विश्वास गर्नु थियो।’केहीबेरपछि आ गलागीमा अड्किएका मानिसहरूलाई भर्‍याङ लगाएर निकालिएको थियो।सडकका अपरिचितले उनकी छोरीलाई सुरक्षित राखिदिएका थिए।

भीडका मानिसहरूले अन्य बासिन्दाहरूलाई भर्या .्गसहित उद्धार गर्न थालेको २० मिनेट पछि फायर फा\इटरहरू घटनास्थलमा आइपुगेका थिए – जसमा सुश्री मोनोनीलाई उनको छोरीसँग पुनर्मिलन गरियो।

sulavkhabar

१०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया