शुक्रबार १५ साउन २०७८

काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाहले शासकको भन्दा पनि जनताको मुहार फेर्नु पर्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै पूर्व राजाले शासक र शासकका आसेपासेका मुहार भन्दा पनि जनताको मुुहार फेरिनु पर्ने आवश्यक्ता रहेको उल्लेख गरेका हुन् ।

उनले शासकको अनुहार फेरिँदा जनताको आशा भरोसा बढ्नु पर्ने भए पनि त्यसो नभई उल्टै जनता निराश भइरहेको बताएका छन।
उनले लेखेका छन्, ‘शासकको अनुहार फेरिदाँ जनताको आशा भरोसा पनि बढ्न जान्छ तर जति हुनुपर्ने वा जस्तो हुनुपर्ने भनेर जनताले सोच्छन् त्यो कहिल्यै पूरा हुँदैन।

फेरी जनमानसमा गुनासो शुरू हुन थाल्छ। शासकको मूल कर्तव्य मुलुक र जनताको हीतमा हुनु जरूरी छ। जनताको मुहार फेरिनु पर्छ न कि शासक र उसका परिवारको।’

sulavkhabar

८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया