शुक्रबार १५ साउन २०७८

काठमाडौं । गुल्मीमा बिहीबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । भे १ च १९४३ नम्बरको जिपले लु ५५ प ७०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तानसेन नगरपालिका–१४, अर्गलीका ३१ वर्षीय सुदन पाण्डेको मृत्यु भएको छ ।

मृतक पाण्डे मोटरसाइकलमा सवार थिए । धुर्कोटबाट तम्घासका लागि छुटेको जिपले तम्घासबाट छल्दीका लागि छुटेको मोटरसाइकललाई अर्खलेमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रेसुंगा नगरपालिकाका अनिल विक, धुर्कोटका सीमकला विक, धुर्कोटकै हरिप्रसाद भण्डारी, जिप चालक धुर्कोटकै रामबहादुर थापा घाइते भएका छन् । घाइतेको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनायो । घटना बारे थप अनुसन्धान भइरहेको छ ।

news18nepal

जिपले मोटरसाइकललाई ठक्कर दिँदा ३१ वर्षीय सुदन पाण्डेको मृत्यु, ४ जना घाइते

५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया