आइतबार १७ साउन २०७८

काठमाडौं । काठमाडौं उपत्यकाभित्र १० दिनको लागि निषेधाज्ञा थप गरिएको छ । साउन १० गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

लामो दुरीका सार्वजनिक सवारी सम्बन्धी कुनै पनि निर्णय गरेको छैन । लामो दुरीका सार्वजनिक सवारी साधनलाई मन्त्रिपरिषद्को बैठकले नै खोल्ने भएकाले कुनै पनि निर्णय नभएको सिडिओ पराजुलीले बताए ।

‘अत्यावश्यक सवारी साधनलाई मात्र काठमाडौं उपत्यकाभित्र छिर्न दिन्छौं । लामो दुरीका सार्वजनिक सवारीको हकमा मन्त्रिपरिषद्को निर्णय नै कुरेका छौं,’ सिडिओ पराजुलीले भने ।

त्यस्तै अहिले संचालन हुँदै आएको पसलहरुको समय भने थप गरिएको छ । साँझ ७ बजेसम्म पसलहरु खोल्न दिने निर्णय भएको छ ।

news18nepal

५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया