आइतबार १७ साउन २०७८

मोरङमा नवजात शिशुको ह,त्या अभियोगमा आमासहित परिवारका चार जनालाई प्रहरीले प,क्राउ गरेको छ । जेठ २७ गते मोरङको रंगेली नगरपालिका ५ आँपगाछीकी २५ वर्षीया खुस्वु मण्डलले छोरी जन्माएकी थिइन् ।

तर उनले बच्चीलाई ब्ल्याङकेटले घाँटी थिची ह,त्या गरेको र उनका बुवाले संचालन गरेको रंगेली ५ स्थित चाँदनी चोकमा रहेको मदिरा पसलभित्र खाल्डो खनी गा,डेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न रहेको अभियोगमा खुस्वुका श्रीमान २८ वर्षीय अरुण मण्डल, बुवा ५० वर्षीय नागेश्वर मण्डल, आमा ४८ वर्षीया उर्मिला मण्डल प,क्राउ परेका हुन् । उनीहरूविरुद्ध कर्तब्य ज्यानको मुद्दामा मोरङ जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

narayanipati

६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया