शुक्रबार १५ साउन २०७८

झापाको गौरादहको एक घरमा राती श्रीमान श्रीमतीबीच विवाद भएको आवाज छिमेकीले सुनेका थिए । तर विहान सो घरमा महिलाको शव फेला परेको छ भने पुरुष सम्पर्क विहिन भएका छन् । घरमा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका छन् ।

गौरादह वडा नम्बर( १ गेउरिया चोककी ३९ वर्षीया संगीता टुडुको शव उनको घरमै भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए। अघिल्लो दिन राती श्रीमान श्रीमतीबीच विवाद भएको आवाज सुनिएको स्थानियले बताएका छन् ।

संगीताका महिलाका श्रीमान फ रा र रहेकाले प्रहरीले खोजी कार्य अघि बढाएको छ। श्रीमान श्रीमती दुवैले र क्सी सेवन गर्ने भएकाले यस्तो विवाद प्राय भइरहने पनि छिमेकीले बताएका छन् ।

घरयासी विषयलाई विवाद भइरहने भएकाले छिमेकीले पनि सामान्य ठानेका थिए । दुवै जनाबीच हात हाला हाल समेत भएको प्रहरी अनुसन्धानवाट खुलेको छ । हात हाला हालमै श्रीमतीको निधन भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।

etajakhabar

७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया