शुक्रबार १५ साउन २०७८

नबहादुर राई निर्वाचित जनप्रतिनिधि थिए । उनी आफ्नो काममा मोटरसाइकल प्रयोग गर्ने गर्थे । तर उनको त्यो मोटरसाइकल यात्रा भने बुधबार नै अन्तिम भै दियो । उनी मोटरसाइकलमा कतै जाँदै थिए । त्यो मोटरसाइकल दुर्घटना भएपछि उनी गम्भीर भएका थिए । तर, उपचार गर्दा पनि उनलाई बचाउन भने सकिएन ।

यो घटना इलामको हो । मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा इलामको माङसेबुङ गाउँपालिका ४ का वडा सदस्य धनबहादुर राई हुन् । बुधबार दिउँसो ४ बजे मे ८ प ६०४ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका ३६ वर्षीय राईको झापाको बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

मोटरसाइकलबाट घरतर्फ आउँदै गरेका राई दमक-रवि सडक खण्ड अन्तर्गत रतुवा पुलनजिक अनियन्त्रित भई सेतेभीरबाट अन्दाजी एक सय मिटर तल झर्दा टाउकोमा चोट लागेको थियो ।

उनलाई उपचारका लागि बिएण्डसी अस्पतालमा लगिएकोमा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

etajakhabar

५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया