शुक्रबार १५ साउन २०७८

विराटनगर । छोरी जन्मिएपछि माटो मुनी गा ड् नै आमा सहित परिवारका ४ जना पक्राउ परेका छन् । सन्तान जन्माउने महिलाका आमाबुवा र श्रीमान पनि सो घटनामा संलग्न देखिएका छन् । मोरङको रंगेलीमा भएको सो घटनामा ४ जना पक्राउ परेका छन् । सोमवार राती छोरीलाई जन्म दिएपछि उनीहरुलाई माटो मुनी गा डे का थिए ।

श्रीमान, आमाबुवा पनि घटनामा संलग्न भएको देखिएपछि प्रहरीले शिशुको आमा सहित सबैलाई पक्राउ गरी अनुसन्धान थालेको छ । आमाबुवाले संचालन गरेको पसलभित्र गा डे को अवस्थामा शिशु फेला परेको हो । मोरङको रङ्गेली नगरपालिका(५ आँपगाछीकी २५ कि खुश्बु मण्डल, उनका श्रीमान र आमाबुवा पक्राउ परेका छन् । आफू तीन वर्षदेखि विदेशमा रहेका बेला घरमा पत्नी खुश्बुले अ वैध सम्बन्धबाट अर्कैको गर्भ बोकेको थाहा पाए त्यसपछि बच्चाको ह त्या नै गरियो ।

खुस्बुको घर र आमाबुवाले संचालन गर्ने पसल नजिकै छ । राती करिब ८ वजे छोरी जन्मिएपछि उनीहरुले त्यो नवजात शिशुलाई संसारवाटै विदा गरिदिए । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजनिक गरेका हुन् ।

घटना लुकाउन श्रीमान, र आमाबुबाको हात देखिएको डिएसपी श्रेष्ठले बताए । इलाका प्रहरी कार्यालय रङ्गेलीले खुश्बु, उनका श्रीमान अरुण मण्डल, खुश्बुका बुवा नागेश्वर मण्डल र आमा उर्मिला मण्डल पक्राउ परेका छन् ।

पक्राउ परेका चारै जनालाई कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले बताए । प्रहरीका अनुसार खुश्बुका श्रीमान वैदेशिक रोजगारीका लागि मलेसियामा थिए र हालै घर फर्किएका थिए ।

etajakhabar

५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया