शनिबार १६ साउन २०७८

काठमाडौं । हिजो सम्मानित सर्वोच्च अदालतले संसद पुन:स्थापना गरे सँगै नेपाली राजनीति र जनतामा अनेकौं क्रिया प्रतिक्रिया आईरहेको छ । सञ्चार जगतमा छुट्टै छाप छोड्दै आएका चर्चित सञ्चारकर्मी रबि लामीछानेले एमाले र उनका कार्यकर्ताले सर्वोच्चको निर्णय नमान्ने भने सँगै ‘तिम्रा बाको शासन’ हो भन्दै आक्रोस व्यक्त गरेका छन् ।

सञ्चार कर्मी रबी लामीछानेले आफ्नो सामाजिक संन्जाल फेस्बुकमा प्रतिक्रिया दिदैं आश्चर्य समेत मानेका छन् । सर्वोच्चको अप्रत्याशित फैसला सँगै विभिन्न व्यक्तिको टिप्पणी आउँने क्रम जारी नै छ । अहिले सम्मकै कडा व्यङ्ग्य गर्दै लामीछानेले लेखेका छन् ,”केरे.. .केरे ..केरे.., अदालतको आदेश मान्दिन रे!!?? तिम्रो “बा” को शासन हो र ??”

यो पनि ,,,,,, “अदालतले प्रधानमन्त्री नियुक्ति गर्ने भए,निर्वाचन गरेर किन राज्यको अरबौ ढुकुटी रित्याउनु : ज्ञानेन्द्र शाही”,, “हामी नेपाली हाम्रो नेपालका संयोजक ज्ञानेन्द्र शाहीले किन निर्वाचन गरेर अरबौ रुपैया खर्च गरि राज्यको ढुकुटी रित्याउनु भन्दै प्रश्न गरेका छन् । उनले अब उप्रान्त निर्बाचन नै नगरी दलका नेताहरुलाई यो यति बर्ष वा महिनाका निम्ति प्रधानमन्त्री हुने भनेर तोके भयो भनेका छन् ।”

“उनले सामाजिक सञ्जाल फेसबुकमा आज सर्बोच्च अदालतको निर्णय कतिलाई प्रत्याशित लाग्ला त कतिलाई अप्रत्याशित लागेको बताएका छन् । उनले राष्ट्र र राष्ट्रियताका निम्ति देशका जिम्मेवार स्थायि निकायहरू निष्पक्ष, स्वतन्त्र र बाहिरी प्रभावबाट अछुतो हुन आवश्यक रहेका बताएका छन् ।”

“उनले सर्वोच्च अदालतको फैसला आएपछि ” के अब सरकार १ महिना ६ महिनामा या १ बर्षमा सरकार परिवर्तन गर्नु सच्चा लोकतन्त्र हो ? के सरकार बनाउन बिभिन्न बहानामा संसद किनबेच गर्नु या तदनुरूप वातावरण बनाउनु लोकतन्त्र हो ?

“यदि हो भने अद्य्यावधिक निर्वाचन किन र के का लागि ? अब उप्रान्त निर्बाचन नै नगरी दलका नेताहरु लाई यो यति बर्ष वा महिनाका निम्ति प्रधानमन्त्री हुने भनेर तोके भयो! किन निर्वाचन गरेर अरबौ रुपैया खर्च गरि राज्यको ढुकुटी रिताउनु ?” भन्दै प्रश्न गरेका छन् ।”शाहीले फेसबुकमा ”नेपाल र नेपालीको हितमा हुने भोलिको परिवर्तनको पवित्र यज्ञमा लामवद्ध हुन सम्पूर्ण आदरणीय नेपाली जनसमुदायमा हार्दिक अपिल गर्दछौ ” भन्दै स्टाटस लेखेका छन् ।”

narayanipati

१०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया