बिहिबार ३० बैशाख २०७८

काठमाडौं- राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ती मगरको खुट्टाको शल्य`क्रिया सम्पन्न भएको छ। दोहास्थित कतार फुटबलको स्वामित्वमा रहेको अस्पेटार अस्पतालमा मंगलबार विमलको सफल शल्य`क्रिया भएको हो।

विमललाई उपचारका लागि एन्फाले माघ पहिलो साता कतार पठाएको थियो। त्यहाँ उनको उपचार अर्थोपेडिक र स्पोर्टस विशेष मेडिसिन अस्पतालमा भइरहेको छ। फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटका लागि बन्द प्रशिक्षणमा रहेका विमल मंसिर २८ गतेबाट सुरु गरिएको प्रशिक्षणका क्रममा पुस ३ गते चोटग्रस्त बनेका थिए।

एन्फाले कतार फुटबल संघसँग समन्वय गरेर उनलाई उपचारका लागि पठाएको थियो। उनीसँगै विक्रम लामाको पनि सोही अस्पतालमा उपचार गरिएको थियो। राष्ट्रिय महिला लिगमा घाइते भएकी फरवार्ड सावित्रा भण्डारीको पनि कतारमै उपचार गराउन एन्फाले पहल गर्ने बताउँदै आएको छ। नेपाल समय

 

१३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया