बिहिबार १४ साउन २०७८

नेपालमा सर्वाधिक रुचाईएका व्यक्तिहरुको नाम लिँदा धेरैले कुलमान घिसिङ, रवि लामिछाने, पारश खड्का, राजेश हमाल, धुर्मुश सुन्तलि, अनुराधा कोइराला, सन्दुक रुइत, उज्जवल थापा लगायतको नाम लिने गर्दछन् । उहाँहरुले आफ्नो क्षेत्रमा यति राम्रा कामहरु गर्नुभएको छ कि उहाँहरु सधैँ नेपाली जनताको मनमुटुमा बसिनै रहनुहुन्छ । कहिले काँहि त उहाँहरुनै हाम्रो देशको सरकारमा समावेश भए देश विकसित हुन धेरै समय नलाग्ने भन्दै फेसबुक लगायत सामाजिक संजालमा भोटिङ पनि गरिन्छ । उहाँहरुको शालिन व्यवहार, देशप्रतिको माया, आफ्नो क्षेत्रमा देखाएको कला र प्रगति लगायत विभिन्न गुणहरुका कारण नेपाली जनताको मनमुटुमा उहाँहरु बस्नुभएको छ ।

कुलमान घिसिङले अन्धकारबाट नेपाललाई मुक्त गराएपछि उहाँलाई सम्मान र माया नगर्ने कोहि भएन । दिनमा १८ घण्टा सम्म लोडसेडिङ हुने देशमा एकाएक एकछिनपनि लोडसेडिङ नहुने अवस्थामा नेपाललाई पुर्योउन उहाँको योग्दान ठूलो छ । अझ भन्ने हो भने, उहाँले नै नेपाललाई लोडसेडिङ मुक्त गराउनु भएको हो । उहाँले व्यवस्थापन पक्ष सहित समग्र प्राधिकरणको विकासमा भुमिका खेल्नु भएको छ ।

उहाँको नाम लिइरहदा त्यतिबेलाका उर्जा मन्त्री जनार्दन शर्माको नाम भने छुटाउनु हुदैँन । काम गर्न सक्ने मान्छेलाई राज्यको सहयोग भएपछि के चाहिन्छ र काम धमाधम चलिरहन्छ । जनार्दन शर्माले जसरी साथ, सहयोग र राज्यको शक्ति कुलमानको काममा लगाउनुभयो, त्यस्ले नै कुलमानलाई लक्ष्य हासिल गर्न अवरोध नभएको हो । कुलमानलाई देशको उर्जामन्त्री बनाइदिए के होला ? उहाँले जसरी यस क्षेत्रमा अध्ययनशिल भएर उत्कृष्ठ कदम चाल्नुभएको छ त्यसलाई हेर्ने हो भने उहाँलाई उर्जामन्त्री बनाउँदा देशले उर्जा क्षेत्रमा व्यापक सफलता पाउनेछ ।

रवि लामिछाने जसरी आफ्नो कार्यक्रमबाट देशवासिको समस्यालाई समाधान गर्छन् त्यस्ले हरेक नेपालीको मन जित्ज सफल भएको छ । हरेक गतिविधिमा गहन अध्ययन गरेर जनतामा आउन सक्ने र जनताको समस्या समाधान गर्ने शैलि रविको व्यवहारमा छ । उहाँले विदेश देखि स्वदेश सम्म दुखमा परेका नेपालीहरुको साथ दिएका छन् । सम्झनुहोस् त, तपाईँ विदेशमा फसिरहनुभएको छ । कसैबाट सहयोग नमिल्ने अवस्था छ । नेपाल फर्कन नपाउने भएपछि कस्तो हालत हुन्छ । रविले त्यस्ता कयौँ नेपालीलाई विदेशबाट उद्धार गर्न पहल गर्नुभएको छ । यतिमात्र नभएर जोकोहि नागरिक समस्यामा परेपछि उहाँले सहयोग गर्नुभएको छ । उहाँलाई संचारमन्त्री बनाउन सके देशले कति विकास गर्छ होला ।

euonlinekhabar

१७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया