शुक्रबार १५ साउन २०७८

धनुषामा एक नवविवाहिता महिलाको शंकास्पद मृत्यु भएको छ। बटेश्वर गाउँपालिका–२ भूचक्रपुर कहचरीटोल बस्ने रामवृक्ष महतोकी २० वर्षीया पत्नी अञ्जु महतोको आइतबार साँझ शंकास्पद मृत्यु भएको हो ।

आफ्नै घरको ओछ्यानमा अञ्जुको शव फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।उनले भने, ‘मृतकको घाँ टीमा दे ह त्याग ग रे ज स्तो डा म देखिएकोले घटना शंकास्पद रहेको छ । शवको पो स्टमा र्टम रिपोर्ट पश्चात थप कुरा खुल्न सक्छ।’

यता माइत पक्षले ससुरा पक्षले मिलेर आफ्नो छोरीको ह त्या ग रे को दावी गरेका छन् । अञ्जुले दे ह त्याग नगरेको र घरपरिवारले नै मिलेर घाँ टी थि चि उनको ह ‘ त्या ग रे को उनका बुबा महोत्तरीको गौशाला नगरपालिका–१० भरतपुर बस्ने रामजत महतोको आरोप छ ।

अञ्जुको विवाह गत फागुन २० गते सामाजिक परम्परा अनुसार रामवृक्षसँग भएको थियो । विवाहपछि ससुरा पक्षले यस्तो बुहारीले घरपरिवार नचल्ने कुरा माइत पक्षलाई पटक पटक सुनाएको आरोप छ ।

घटनाको सुक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माइती पक्षले माग गरेका छन्। मृ तकको शव पो स्टमा र्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

euonlinekhabar

७० पटक हेरिएको

तपाईको प्रतिक्रिया