August 3, 2020 82
माक्स नलगाएमा सजायसमेत हुने गरेको छ । विश्व स्वास्थ्य संगठनले कोरोनावाट जोगिन मास्क अनिवार्य लगाउन सुझाव दिएको छ ।
तर हवाई यात्राका क्रममा मास्क लगाउन नमान्दा उडिरहेको विमानमा कुटाकुट भएको छ । दुई यात्रुले उडिरहेको विमानमा मास्क लगाउन नमानेपछि झडप भएको हो ।
यो घटना नेदरल्याण्डको एम्स्टर्डमबाट स्पेनको इविजा टापुतर्फ गइरहेको केएलएमको विमानभित्रै भएको हो । अहिले सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
विमान कम्पनीले दुई यात्रुले मास्क लगाउन आग्रह गर्दा अस्वीकार गरेको र अन्य यात्रुलाई दुव्र्यवहार गरेको जनाएको छ।
प्रतिकृया दिनुहोस्