Tuesday, October 27

शुद्ध बेसार पानीमा डुबाएको जनै तथा डोरो सुरक्षित तबरले लगाउँदा कोरोना सर्दैन।

August 3, 2020 30

आज जनैपूर्णिमा तथा रक्षाबन्धन। यस वर्षको जनैपूर्णिमा साउन महिनाको सोमबार परेकाले झनै उत्तम मानिन्छ। श्रावण शुक्ल पूर्णिमाका दिन पर्ने यस पर्व परापूर्व कालदेखि मनाइँदै आएको वैदिक कथन छ। प्राचीन कालमा जनै सुनको समेत लगाउने चलन थियो। महर्षिले कपासको जनैको सुरुवात गर्नुभयो। पहिला–पहिला महिलाले पनि जनै लगाउने गर्दथे। अहिले त्यो चलन हराएको छ।

देवीको पुजाआजा गर्दा जनै चढाउने चलन अहिले पनि छ। आध्यामिक महत्वअनुसार जनैपूर्णिमामा ब्रह्मा, विष्णु, अग्नि, प्रजापति, रुद्र र बरुणको आव्हान गरिन्छ। ब्रम्हचारीले तीन डोरा, गृहस्थीले ६ डोरा र बैरागीले ९ डोराको जनै लगाउने चलन छ। आध्यात्मिक मात्रै होइन जनैलाई स्वास्थ्यका दृष्टिकोणले पनि असाध्यै महत्वपूर्ण र लाभदायक मानिन्छ।

किनभने जनै र डोरोलाई शुद्ध बेसारको घोलमा डुबाउनुपर्छ। बेसार आफैँमा एन्टीबायोटिक हो यसले किटाणु, जीवाणुलाई नष्ट गर्छ। ऋषि महर्षिले मजिटो, खयर लगायत विभिन्न वनस्पतिले रंग्याएर बेसारमा डुबाएपछि मात्रै जनै र डोरा लगाउँथे। यसले किटाणु र जीवाणुलाई नष्ट गर्छ। तर आजभोलि विभिन्न केमिकल मिसाएको रंगमा डुबाउने प्रवृति बढेको छ।

यो प्रवृतिको अन्त्य गरी अबका दिनमा पनि बेसार, वनस्पतिजन्य चीजमा जनै र डोरो डुबाउने चलनलाई पुनर्स्थापित गर्नुपर्छ जुन स्वास्थ्यका लागि समेत फाइदाजनक छ।

यसैगरी जनैले शरीरको सन्तुलनलाई कायम राख्छ। किनकी जनै दाहिने काँधबाट लगाउछौँ जुन मानिसको मुटु र फोक्सोलाई छुँदै जान्छ। मुटुको चाललाई सन्तुलन गर्छ भने अस्थिर मनलाई स्थिर बनाउँछ। जनै मेरुदण्डको हड्डीलाई पनि छोएर जान्छ।

मानिसको शरीरमा ६ वटा चक्र हुन्छन्। जसमध्ये मणिपुर चक्र शरीरको पछाडि हुन्छ र जनैले त्यसलाई छोएर जान्छ। मणि चक्रमा मानिसको मूल गतिको प्राण हुन्छ। यही चक्रले श्वासभित्र बाहिर गर्छ र शरीरको सन्तुलनलाई कायम राख्छ।

अहिले कोरोना महामारी छ। यो समयमा जनै तथा डोरो लगाउँदा सावधानी अपनाइएन भने संक्रमणको जोखिम रहन्छ। मास्क लगाउन पर्छ। भीड गरेर जनै लगाउन भएन। बेसार पानीमा नै डुबाएको जनैको प्रयोग गरौँ। शुद्ध बेसार पानीमा डुबाएको जनै तथा डोरो सुरक्षित तबरले लगाउँदा कोरोना सर्दैन।

प्रतिकृया दिनुहोस्