Monday, November 30

पूर्व गृहमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण

October 25, 2020 117

काठमाडौं । पूर्व गृहमन्त्री एवं नेकपाका नेता जनार्दन शर्मालाई कोरोना भाइरस संक्रमण भएको छ । हेल्थपाटीसँग कुरा गर्दै नेता शर्माले आफुलाई कोरोना पुष्टि भएको जानकारी दिनुभएको छ ।

उहाँलाई लक्षणसहितको संक्रमण भएको छ । ज्वरो आएको र उहाँ होम आइसोलेसनमा रहनुभएको छ । उहाँले आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन आग्रह गर्नुभएको छ । ७ दिनअघि शर्मार्का पर्सनल सुरक्षा गार्डलाई कोरोना पुष्टि भएपछि घरका ६ जनाको पीसीआर परीक्षण गरिएकोमा शर्माको रिपोर्ट पोजेटिभ आएको हो । ३ जनाको रिपोर्ट आउन बाँकी छ ।

‘७ दिन अगाडि पर्सनल सुरक्षा गार्डलाई संक्रमण पुष्टि भएको थियो,त्यसपछि आफुसहित घरका ६ जनाको पीसीआर गर्दा मेरो रिपोर्ट पोजेटिभ आयो, उहाँले भन्नुभयो, ‘मलाई ज्वरो आएको छ,सुरक्षित तरिकाले घरैमा आइसोलेसनमा बसेको छु ।’

उहाँले कोरोनालाई हलका रुपमा नलिन आग्रह गर्दै जनस्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य अपनाउन सबैलाई अनुरोध गर्नुभयो । दशैँका बेला घरमा जमघट हुने भएकाले घरकै परिवारसँग रहँदा पनि सही तरिकाले मास्क लगाउन,२ मिटरको भौतिक दुरी कायम राखी बस्न र साबुनपानीले हात धुन सचेत गराउँदै सर्तकता अपनाउँदै दशैँ मनाउन शर्माले आग्रह गर्नुभयो ।

Janardan Sharma’Prabhakar’

कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको जानकारी गराउदछु। केहि दिन यता म सँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।

प्रतिकृया दिनुहोस्