शुक्रबार १५ साउन २०७८

जनता समाजवादी पार्टी (जसपा) केही दिनपछि मात्रै सरकारमा सहभागी हुने भएको छ।

जसपा कार्यकारिणी समितिको आज बसेको बैठकले केही दिनपछि मात्रै सरकारमा जाने निर्णय गरेको हो।

आफ्नो पार्टी ४\५ दिनपछि मात्रै सरकारमा सहभागी हुने जसपाका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले सेतोपाटीलाई बताए।

पार्टीभित्रको सबैखाले सन्तुलन मिलाएरमात्रै सरकारमा जानुपर्ने भएकाले जसपाले केही समयपछि मात्रै सरकारमा जाने निर्णय गरेको बताइएको छ।

जसपा विवादको विषय निर्वाचन आयोगमा पुगेको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर दुवैले आफ्नो समूहलाई आधिकारिकताको दाबी गरेका छन्।कार्यकारिणी समितिको स्पष्ट बहुमत यादवसँग छ भने संसदीय दलमा ठाकुरको बहुमत छ। प्रतिनिधिसभामा रहेका ३२ जना सांसदमध्ये २० जना ठाकुरसँग छन् भने यादवसँग १२ जना छन्।

tajapost

६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया