Friday, October 30

पहिरोमा पुरिएर ८ जना बेपत्ता भएकामध्ये ५ जनाको शव फेला

August 3, 2020 114

सोमवार, साउन १९, २०७७
दिपिन ढुंगाना

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरोमा पुरिएर ८ जना बेपत्ता भएकामध्ये ५ जनाको शव फेला परेको छ ।

प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका कामदारहरु पहिरोमा पुरिएका हुन् ।

भारतीय नागरिक बारु शहको उद्धार गरी अहिले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

बेपत्ता भएकाहरुकोे खोजिकार्य जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो । अविरल वर्षासँगै गएको पहिरोले उनीहरु बस्दै आएको टहरो पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएकामध्ये २ जना भारतीय र ७ जना विरगन्जका नागरिक रहेको रहेको जनाइएको छ ।

यसैबीच सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–२ मा पहिरोले पुरिएर एकै परिवारका २ जनाको मृत्यु भएको छ ।

पहिरोले पुरिएर श्रीमान यज्ञबहादुर क्षेत्री र श्रीमती लक्ष्मी क्षेत्रीको मत्यु भएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्