शुक्रबार १५ साउन २०७८

एजेन्सी – क्लब फुटबलमा सम्भव भएको सबै उपाधि जित्न सफल अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको अन्तराष्ट्रिय उपाधि खडेरी तोडिएको छ। अर्जेन्टिनाबाट खेल्दै महत्वपूर्ण उपाधि जित्न नसकेका मेस्सीको उपाधि खडेरी आइतबारबाट तोडिएको हो। आइतबार बिहान भएको खेलमा एन्जिल डि मारियाले निर्णायक गोल गर्दा मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले कोपा अमेरिका जित्यो।

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी क्याटलान क्लब बार्सिलोनामा लगातार १६ वर्ष सम्म रहे। त्यस अन्तरालमा उनले क्लब फुटबलमा जित्न सकिने सम्पूर्ण उपाधि जिते। बार्सिलोनाबाट ३४ उपाधि मेस्सीले जिते। तर अर्जेन्टिनाबाट खेल्दै मेस्सीले ओलम्पिक स्वर्णपदक जित्नु बाहेक खासै महत्वपूर्ण उपाधि जित्न सकेका थिएनन्।

कोपा अमेरिका जितेपछि मेस्सीले भगवानलाई धन्यवाद दिएका छन्। कोपा अमेरिका जितेपश्चात पत्रकारहरुसंग कुराकानी गर्नेक्रममा मेस्सीले भगवानलाई धन्यवाद हुन्। धेरै पटक आफू कोपा अमेरिकाको उपाधि नजिक पुगेर पनि उपाधि जित नसकेको उल्लेख गर्दै मेस्सीले अहिले आफू धेरै प्रसन्न रहेको बताए। ब्राजिलको होमग्राउण्डमा ब्राजिललाई नै हराउन सफल हुनुलाई मेस्सीले अभूतपूर्व अनुभव भने।

मेस्सीले भने,”म धेरै पटक नजिक थिएँ। मलाई थाहा थियो यो आखिरमा हुनेछ। ब्राजिलमा ब्राजिल विरुद्धै, यो पल भगवानले जोगाएर राख्नु भएको थियो। यसको लागि म भगवानलाई धेरै-धेरै धन्यवाद दिन्छु।”

मेस्सीले विभिन्न पटक फाइनल सम्म मात्र पुगेको स्मरण समेत गरे। टिमले धेरै मिहिनेत गरेका कारण अहिले आएर सफलता मिलेको मेस्सीले बताए। ब्राजिलमै ब्राजिललाई हराउन पाउँदा छुट्टै अनुभव मिलेको मेस्सीको भनाई छ।

“म कति खुशी छु भन्ने कुराको वर्णन गर्न सक्दिन। म धेरै पटक दु: खी र निराश भएको छु। तर, यो पल आउँछ भन्ने कुरामा म ढुक्क थिएँ।”,मेस्सीले भने,”ब्राजिलमा ब्राजिललाई नै हराउनु सामान्य होइन। यो इतिहासमा लेखिनेछ।”

khabar.enewsnepali

१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया