सोमबार ०७ आषाढ २०७८

काठमाडौं । महानगरीय ट्राफिक महाशाखा रामशाहपथले शिवरात्रीको दिन पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चल्न नदिने भएको छ । भोली (बिहीबार) परेको शिवरात्री पर्वको अवसरमा ट्राफिक व्यवस्थापनका लागि भन्दै महाशाखाले सुचना जारी गरेको हो ।

महाशाखाले पशुपतिनाथ मन्दिर वरपरका क्षेत्र भएर सवारी साधन चलाउनेलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । बिहीबार तिलगंगा हुँदै चक्रपथमा चल्ने यातायात सेवा सुचारु गरिने महाशाखाले जनाएको छ ।

news18nepal

१३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया